बिबिसी मास्टर सेफ सन्तोष साहको पक्राउको बास्तबिकता के हो ?

0

अन्तराष्ट्रिय ख्याति कमाएका नेपाली खानाका भान्से ( सेफ ) सन्तोष साह पक्राउ परेको घटनाले बिशेष गरि विदेशमा बस्ने नेपालीहरु अचम्भित भएका छन् । आपसी लेनदेनलाई कानुनसम्मत र समझदारी अनुरुप गरिनु पर्नेमा रेस्टुरेन्ट बिक्रेता मध्यकी शकुन्तला थापा अधिकारीले कम्पनीको पैसा व्यक्तिगत खातामा दिन नमानेको कुरालाई लिएर सेफ साहलाई थुनाएकि हुन्।अहिले साह थुनामुक्त भैसकेका छन,

विदेश बाट देशको लागि केहि गर्छु भनेर नेपाल फर्किएकाहरुलाई हतोत्साही बनाउने यस्ता कदमलाई निरुत्साहित गरिनु पर्छ, देश र समाजको लागि केहि गर्चू भन्नेहरुलाई नेपाल सरकार, संचार जगत र नागरिक समाजले बिशेष ध्यान दिनु पर्छ,

यस बिषयमा सेफ साहको सचिबालयको प्रष्टीकरण……

‘सिला’ देखि ‘मिथिला थाली’सम्म: विवादको पृष्ठभूमि
बिबिसी मास्टर सेफ सन्तोष साह पक्राउको विषय र सोसम्बन्धी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित सामग्रीका विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
साहलाई जुन ढंगले हतार मानसिकतामा पक्राउ गरिएको छ, त्यो निन्दनीय छ । यसले सेफ साहले जीवनभर आर्जन गरेको मान, सम्मान, इज्जत, प्रतिष्ठा र गरिमामा ठूलो आघात पु¥याएको छ । यो कार्य सेफ साहको मानमर्दन र उहाँको प्रतिष्ठामा आँच पु¥याउने नियोजित उद्देश्यले षडयन्त्रपूर्वक गरिएकामा हामी स्पष्ट छौँ ।
सेफ सन्तोष साहले नेपालमा मिथिला समुदायको खाना प्रवद्र्धन गर्ने उद्देश्यले सेफ सन्तोष साहले जनकपुरमा मिथिला थाली नामक रेष्टुरेष्ट सञ्चालन गर्नुभएको सबैलाई विधितै छ । उक्त रेष्टुरेष्टको विस्तार र मिथिला खानाको थप प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सेफ साहले गैरीधारामा मिथिला थाली रेष्टुरेन्ट सञ्चालन गर्नुभएको हो ।
तत्कालीन समयमा गैरीधारामा आर्जव होल्डिङ्स प्रालिले सिला नामक रेष्टुरेन्ट सञ्चालन गरिरहेको थियो । सञ्चालकले उक्त रेष्टुरेन्ट सञ्चालन गर्न नसकेको, बैंकको ऋण पनि तिर्न नसकेको र जग्गाधनीले समेत लामो समयदेखि पैसा तिर्न ताकेता गर्दै रेष्टुरेन्टमा ताला लगाएर भवन खाली गरिदिन आग्रह गरेको समयमा रेष्टुरेन्टसँग भएको सम्पूर्ण सम्पत्ति खरिद गरी मिथिला थाली रेष्टुरेन्ट सुरु गर्नुभएको थियो ।
सिला रेष्टुरेन्टको सम्पत्ति लिए वापत मिथिला थाली र आर्जव होल्डिङ्सबीच दुई करोड २५ लाख रुपैयाँमा सम्झौता भएको थियो । त्यसमध्ये आर्जव होल्डिङ्सले पहिले रेष्टुरेन्ट सञ्चालन गर्दाको अवधिको घरभाडा वक्यौतावापतको ४० लाख रुपैयाँ र सोही समयको विद्युत् महसुल वक्यौतावापतको दुई लाख ७७ हजार ९९७ रुपैयाँ मिथिला थालीले सम्बन्धित घरधनी र विद्युत् प्राधिकरणलाई आर्जव होल्डिङ्सका तर्फबाट भुक्तानी गरी सहजीकरण गरेको थियो ।
सोही रेष्टुरेन्ट सञ्चालन गर्दा आर्जव होल्डिङ्सले नेपाल बैंकबाट लिएको ऋणको किस्ता समेत पटक पटक मिथिला थालीले नै भुक्तानी गरी सहजीकरण गरिदिएको थियो । त्यस्तै विभिन्न मितिमा चेकवापत पनि भुक्तानी भइरहेको छ ।
पछिल्लो पटक सञ्चारमाध्यममा चर्चा भएको २५ लाख रुपैयाँको कहानी भने अर्कै छ । आर्जव होल्डिङ्सले लिएको २५ लाख रुपैयाँको चेक एकमुष्ठ भुक्तानी नभइ कम्पनीका प्रतिनिधिले दिएका आर्जव होल्डिङ्सकै नबिल बैंकमा रहेको खातामा दुई वटा चेकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा दुई वटा चेकमार्फत ६ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडमा चार वटा चेकमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी भुक्तानी गर्नुपर्ने रकमभन्दा बढी कूल रु २८ लाख २५ हजार बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको छ ।
आर्जव होल्डिङ्सको प्रतिनिधि दाबी गर्दै सकुन्तला थापाले पटक पटक आफ्नो व्यक्तिगत खातामा भुक्तानी माग गरेको तर मिथिला थालीले सम्झौताअनुसार नै कम्पनीका नाममा भुक्तानी गर्दै आएको छ ।
सम्झौताअनुसार मिथिला थालीले आर्जव होल्डिङ्सको मातहतमा रहेको सामान खरिदको भुक्तानी गरिरहे पनि सो वापत आर्जव होल्डिङ्सका तर्फबाट कुनै पनि बिल जारी नभएको अवस्था छ ।
आर्जव होल्डिङ्स र मिथिला थालीबीच खरिदबिक्रीको प्रक्रिया भइसकेपछि सो कम्पनीको कर चुक्ता कागजात पाउनुपर्नेमा पटक पटक माग गर्दा पनि होल्डिङ्सका तर्फबाट मिथिला थालीलाई प्राप्त भएको छैन ।
जहाँसम्म पक्राउ परेको विषय छ, त्यो जम्मा चार लाख ५० हजार रुपैयाँका लागि हो । हामी जिल्ला अदालत काठमाडौँले उक्त रकम भुक्तानी गर्नुपर्ने भनी गरेको फैसलाका विरुद्धमा उच्च अदालत जाने तयारीमा थियौँ । जुन हाम्रो अधिकार पनि हो । उच्च अदालतमा जाने हदम्याद रहँदै अकस्मात षडयन्त्रपूर्वक प्रहरी हिरासतमा लिने काम भएको छ। साथै यति सामान्य रकमका लागि फोन गरेर बोलाउन पनि सक्ने भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीलाई पक्राउ गर्नका लागि जनकपुरसम्म पठाइएको छ । सञ्चारमाध्यममा त साह फरार भन्ने विषय पनि आएको छ, जबकी एक साता अगाडि साह भद्रकालीस्थित प्रहरी कार्यालय नै पुग्नुभएको थियो । तत्कालीन समयमा पक्राउ नगरी अहिले यति सानो रकमका लागि पक्राउ गर्नुको पछाडि के कारण हो त्यो भविष्यमा पक्कै खुल्नेछ ।
Leave A Reply

Your email address will not be published.