एन्टवर्प, बेल्जियम — नेपालका चर्चित रकस्टार सबिन राई सहित नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति समेटिएको ‘रेटौर फेस्ट’ आगामी २२ जुन २०२६ (सोमबार) बेल्जियमको एन्टवर्पस्थित क्लब आइकन (Club Ikon) मा आयोजना हुने भएको छ।
मादल इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रममा चर्चित गायिका शान्ता रानी परियार, लोकप्रिय गायक लाउरे कान्छा, तथा चर्चित ब्याण्ड सविन राई एन्ड द फिराओ (Sabin Rai & The Pharaoh) ले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् ।
सबिन राईले कालो कालो रातको, उपहार हौ तिमि, माया जालैमा जस्ता चर्चित गित गाउनेछन् भने शान्ता रानी परियार पोखरा पृथ्बी चोकैमा, म त ढले ढले भन्दै स्टेजमा आउनेछन, बेल्जियमका मल्टि ट्यालेण्टेड गायक लाउरे कान्छाले आफ्नो सदाबहार अन्दाजमा दर्शक नचाउनेछन।
साँझ ८ बजेदेखि सुरु हुने कार्यक्रम अन्तर्गत प्रत्यक्ष संगीत, कन्सर्ट तथा आफ्टर पार्टीको समेत व्यवस्था गरिएको छ। कार्यक्रममा डीजे लट्टुको विशेष प्रस्तुति सहित लेटनाइट डान्स पार्टी पनि हुने मादल इन्टरटैनमेन्टका अजित तुलाचनले जानकारी गराएका छन् । २ बर्ष अगाडी बेल्जियमका दर्शकहरुसंग प्रस्तुति दिएका सबिन राईलाई पुन: बोलाउन माग भएकोले यो कन्सर्ट आयोजना गरिएको तुलाचनको भनाइछ।
बेल्जियम तथा युरोपका विभिन्न देशमा रहेका नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा नेपाली संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता हुने आयोजक आशिष गौचनले बताएकाछन ।
कार्यक्रमको संचालन पुजा सुब्बाले गर्नेछिन्। कन्सर्टमा हुने तंबोला कार्यक्रमका बिजेतालाई प्रथम पुरुस्कार गोर्खा वाच, द्वीतीय पुरुस्कार र 1974AD को दुइवटा टिकेट यसियन ज्वेलर्स एंटवरपेनले प्रयोजन गरेकाछन ।
कार्यक्रमका टिकटहरू अनलाइन मार्फत उपलब्धछन । कार्यक्रमको बारेमा थप जानकारीका लागि +32 485 50 95 42 र +32 491 75 28 92 मा सम्पर्क गर्न सकिनेछ।