प्रवासी नेपाली मंच बेल्जियमको आठौ अधिबेशन सम्पन्न

0

प्रवासी नेपाली मञ्च बेल्जियमको आठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य एबम केन्द्रिय प्रतिनिधि घनश्याम पाण्डेले दीप प्रज्वलन गरी गर्नुभएको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले प्रवासमा रहेका नेपालीहरूले आफ्नो नेपाली पहिचानलाई कायम राख्दै सञ्चालन गर्ने सामाजिक, सांस्कृतिक तथा राष्ट्रिय हितका कार्यक्रमहरूमा पार्टीको पूर्ण सहयोग र समर्थन रहने बताउनुभयो। उहाँले प्रवासी नेपालीहरूलाई नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन स्वदेशमा लगानी गर्न समेत आग्रह गर्नुभयो।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूले नेपालको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै पाण्डेले आफूसँग भएको ज्ञान, सीप र पूँजीलाई व्यक्तिगत तथा सामूहिक रूपमा परिचालन गरी देशलाई सहयोग गर्न सकिने धारणा राख्नुभयो।

उहाँले वर्तमान परिवर्तित राजनीतिक तथा सामाजिक परिस्थितिमा प्रवासमा रहेका नेपालीहरूले नेतृत्वलाई समय–समयमा सचेत गराउँदै देश र जनताको हितमा काम गर्न प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, राष्ट्र निर्माण र समृद्ध नेपाल अभियानमा प्रवासी नेपालीहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो।

बेल्जियमको नेपाली समुदायमा २००६ देखि नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएको प्रवासी नेपाली मंचको आठौ अधिबेशनको सफलताको शुभकामना दिदै एनआरएन बेल्जियमका कार्यकारी अध्यक्ष कमल पन्थी, अध्यक्ष लोकेन्द्र नेपाल, केन्द्रीय उपाध्यक्षद्वय लोक दाहाल र रामशरण सिंखडा लगायत एनआरएनए बेल्जियमका पूर्व अध्यक्षहरु, बैचारिक एबम सामाजिक संघ संस्थाका अध्यक्ष एबम प्रतिनिधिहरुले प्रवासी नेपालीहरुका हक अधिकारका लागि नेपाल सरकारसंग निरन्तर दवाबमुलक कार्यक्रम गर्न, बेल्जियमको नेपाली समुदायलाई एकताबद्ध राख्न भूमिका खेल्न सुझाब दिनु भयो।

प्रवासी नेपाली मंच युरोपका अध्यक्ष मुक्त गुरुङ,सचिब सालिक थपलिया, सल्लाहकार सन्तोष भट्टराई, प्रवासी नेपाली मंच पोल्याण्डका अध्यक्ष इश्वर देवकोटा लगायत बेल्जियमका अग्रजहरुले पनि नेपाली राजनीति र प्रवासको अबस्थामा बारेमा बोल्दै अधिबेशन सफलताको शुभकामना दिनुभएको थियो।

 

अधिवेशनमा बेल्जियमस्थित नेपाली समुदायका विभिन्न व्यक्तित्व, सामाजिक अभियन्ता तथा मञ्चका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनले आगामी दुई वर्षका लागि रमेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ ।

 

प्रवासी नेपाली मंचका अध्यक्ष बिनोद न्यौपानेले आफ्नो कार्यकालमा संगठनका हरेक गतिविधिमा साथ र सहयोग गर्ने सबैलाई धन्यबाद दिदै मंच राजनीतिक भन्दा सामाजिक कार्यमा सक्रिय रहेको र यसको निरन्तरता आगामी दिनमा रहने छ भन्नु भयो।

कार्यक्रमको संचालन मंचका सचिब बुद्दि बरालले गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.