लक्जमबर्ग — गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जमबर्गमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरिएको छ। आइसिसी अध्यक्ष हेमराज शर्मा तथा केन्द्रीय प्रतिनिधि एवं उपमहासचिव अनुजा प्रधानको विशिष्ट उपस्थितिमा दुर्गा केसी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो।
नयाँ कार्यसमितिमा विशेषगरी दोस्रो पुस्ताका युवा–युवतीहरूको उल्लेखनीय सहभागिता रहेको छ। युवा पुस्ताको सक्रिय प्रतिनिधित्वले लग्जेम्बर्गको नेपाली समुदाय अझ गतिशील हुने बिश्वास गरिएकोछ ।
नयाँ कार्यसमिति गठनसँगै संस्थाका गतिविधिहरूले तीव्रता पाउन थालेका छन । संस्थाको पहिलो बैठकले आगामी कार्ययोजना तय गर्दै संस्थालाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको छ।
उक्त बैठकले लामो समयदेखि समाजमा योगदान दिँदै आउनुभएका अग्रजहरु बालकृष्ण सापकोटा सुमन सिंह बस्नेत र चन्द्रबहादुर थापालाई संस्थाको संरक्षक नियुक्त गर्ने निर्णय गरेको छ। यसअघि नै नारायण गुरुङ र हरिबहादुर खत्री पनि संस्थाका संरक्षकका रूपमा कार्यरत रहिसकेका छन्।बैठकले विभिन्न उपसमितिहरू पनि गठन गरेकोछ।
संस्थाका पदाधिकारीहरूले आपसी सहकार्य, एकता र सक्रियतामार्फत लग्जेम्बर्गको नेपाली समुदायको हितमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन्।

