बेल्जियमको आन्त्वेर्पेनमा तीन दिने आध्यात्मिक महोत्सव सुरु: पण्डित दीनबन्धु पोख्रेलद्वारा ‘भागवत’ को व्याख्या,

0

डिल्ली अम्माई,एन्टवेरपेन बेल्जियम
बेल्जियमको आन्त्वेर्पेन सहरमा आज (२८ मार्च २०२६) देखि तीन दिने वृहत् आध्यात्मिक महोत्सव तथा ज्ञान यज्ञ सुरु भएको छ। बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो। महोत्सबको उद्घाटन गर्दै राजदुत लम्सालले प्रवासमा बेद बुद्ध र भागवत ज्ञान उन्ने अवसर पाउनु सुखद अनुभुति भएको र यसले आताम्शान्ति नेपाली समुदायमा सकारात्मक उर्जा दिनेछ भन्नुभयो।
नेपाली सांस्कृतिक केन्द्र आन्त्वेर्पेन र बेनेलक्स नेपाली समुदायको आयोजनामा सुरु भएको यस अनुष्ठानमा आध्यात्मिक व्यक्तित्व ओम शर्माले सहभागीहरूलाई प्रवचनबाट लाभ लिन आह्वान गर्नुभयो। कार्यक्रममा बेल्जियम, नेदरल्याण्ड, लग्जेमबर्ग, फ्रान्स र जर्मनीका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको छ।
महोत्सवको पहिलो दिन प्रख्यात कथावाचक पण्डित दीनबन्धु पोख्रेलले ‘भागवत’ शब्दको आध्यात्मिक रहस्योद्घाटन गर्नुभयो। उहाँका अनुसार भागवतका चार अक्षरले क्रमशः भक्ति, ज्ञान, वैराग्य र त्याग/तत्वबोधलाई प्रतिनिधित्व गर्दछन्। उहाँले ‘अद्वैत तत्व’ र श्रीकृष्णको महिमामा केन्द्रित रहँदै भक्तिलाई नै मोक्षको सरल मार्गका रूपमा व्याख्या गर्नुभयो।
तीन दिनसम्म चल्ने यस महोत्सवमा भागवत कथा, वेद र धम्मपदका सूत्रहरूको विवेचनाका साथै भजन-कीर्तन, योग र ध्यान जस्ता गतिविधिहरू सञ्चालन हुने आयोजकले जनाएका छन्।

Leave A Reply

Your email address will not be published.