एभरेस्ट नेपाली समाज ब्रुगेमा पुनम शर्मा

0

ब्रुगे सहरमा बस्ने नेपालीहरुको संस्था एभरेस्ट नेपाली समाज ब्रुगेको अध्यक्षमा पुनम शर्मा चयन हुनुभएकोछा । २५ मार्च बुधबार भएको समाजको सातौ अधिबेशनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ ।

समाजको बरिष्ठ उपाध्यक्षमा दामोदर घिमेरे, उपाध्यक्षमा रामचन्द्र सुबेदी,सावित्र कंडेल,महासचिब नारायण तिमिल्सिना,सचिब नानु धिताल तिमिल्सिना,कोषाध्यक्ष दिनेश गुरुङ, सहकोषाध्यक्ष पबित्र गुरुङ,सदस्यहरुमा हरि ज्ञवाली,रुपा अधिकारी, बिक्की सिलवाल, सुरेश श्रेष्ठ, कस्मिरा गिरी, रोजिना परियार चयन हुनुभएकोछ ।

समाजको सातौ अधिबेशनमा उपस्थित अग्रज हरु एबम संघ संस्थाका प्रतिनिधिहरुले अधिबेशनको सफलताको शुभकामना दिनुभएको थियो।

समाजका अध्यक्ष शिब तिमिल्सिनाले आफ्नो कार्यकालमा सहयोग र साझेदारी गर्ने ब्रुगेबासी र नेपाली संघ संस्थाहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो। समाजका महासचिब दौलत साम्बाले संचालन गरेको कार्यक्रममा ब्रुगेबासी नेपालीहरुको उपस्थित रहेको थियो।

Leave A Reply

Your email address will not be published.