एनआरएनए बेल्जियमले मनायो अन्तराष्ट्रीय नारी दीवस,

0

गैर आबासीय नेपाली संघ बेल्जियमको महिला समितिले ११६औ अन्तरास्ट्रीय महिला दिवस मनाएकोछ । ८ मार्च आइतबार भएको महिला दिवसको कार्यक्रममा बेल्जियममा क्रियाशील महिलाहरुको सहभागिता रहेको थियो।

सो अवसरमा प्रवासमा नेपालीहरुको अवस्था र उनीहरुलाई सबल बनाउन आबस्यक सामाजिक दायित्व र एनआरएनएको नेतृत्व बिकासमा उनीहरुको सहभागिताका बारेमा बिभिन्न बक्ताहरुले सुझाब सहित शुभकामना दिनुभएको थियो।

एनआरएनएका उपाध्यक्ष लोक दाहालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा आइसिसी सदस्य सावित्रा गिरीको शभापतित्वमला भएको थियो।

एनआरएनए बेल्जियमक आध्यक्ष कमल पन्थी,निबर्तमान अध्यक्ष सीता सापकोटा आइसी सदस्य मदन दवाडी लगायत बिभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधिहरुले अन्तराष्ट्रिय महिला दिवसको शुभकामना दिनुभएको थियो।
एनआरएनए बेल्जियमका महिला संयोजक सुमित्र पाण्डे घिमीरेले संचालन गर्नु भएको कार्यक्रमको महासचिब रमेश दाहालले सहजीकरण गरेनुभएको थियो।

कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरुले सामुहिक नाचगान र खानपान गर्दै शुभकामना आदान-प्रदान गरेका थिए। यो बिशेष कार्यक्रमले महिला अधिकार, समानता र सशक्तीकरणका विषयमा सकारात्मक सन्देश दिन सफल भएको सहभागीको प्रतिक्रिया रहेकोछ।

Leave A Reply

Your email address will not be published.