क्याट बेल्जियमको नयाँ अध्यक्षमा तेजेन्द्र कंडेल, नेपाल स्थापना भएको परोपकारी कोषमा पुग्यो १ करोड,

0

चितवन सहायता कोष बेल्जियमले नयाँ नेतृत्व पाएकोछ। ९ मार्च सोमबार एन्तवेर्पेनमा भएको संस्थाको ९ औ अधिबेशनले तेजेन्द्र कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेकोछ।

सर्बसम्मतरुपमा निर्बाचित १५ सदस्यीय नयाँ कार्य समितिको उपाध्यक्षमा मोहन केसी, महासचिव विष्णु पौडेल, सचिव शान्ति भट्टराई, सन्तोष पौडेल, कोषाध्यक्ष ईश्वर प्रसाद चौधरी र सदस्यहरुमा विकास सापकोटा, मुना अर्याल, सीता खरेल सापकोटा, सन्तोष लामिछाने, दीपक वली, प्रभात गौतम, श्री प्रसाद सापकोटा, सुमन बराल, कस्तुप खनाल हुनुहुन्छ।

चितवन सहायता कोषको ९ औ अधिबेशनको उद्घाटन बेनेलक्सका लागी नेपाली राजदुत सेवा लम्सालले गर्नुभएको थियो । राजदुत लम्सालले कोषले गरेका परोपकारी कामको प्रशंशा गर्दै आगामी नेतृत्वले अझ धेरै दीनदुखिहरुको सहयोग गर्न सकोस भन्दै अधिबेशन सफलताको शुभकामना दिनुभयो।

मेदोरा बेल्जियमका अध्यक्ष अनीता लम्बार्टले क्याटसंगको सहकार्यमा नेपालमा स्वास्थ्य सचेतनाका काम गर्न पाएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने बचनबद्धता व्यक्त गर्नुभयो।

अधिबेशनको उद्घाटन समारोहमा पूर्व अध्यक्षहरू सीता सापकोटा, रामहरि घिमिरे, पार्वती अधिकारी, दिनेश प्रसाद भण्डारी, भूवन सुवेदी तथा निवर्तमान अध्यक्ष राजु घिमिरे लगायत बेल्जियमस्थित विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, पत्रकारहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उपस्थित अतिथिहरुले कोषले गरेका प्रेरणादायी कार्यबाट यहाको नेपाली समाज र नेपालमा धेरैलाई हौशला मिलेकोछ भन्दै संस्थाको निरन्तरता र प्रगतिका लागि शुभकामना दिनुभएको थियो।

कोषका महासचिव मोहन केसीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नारायण प्रसाद पौडेलको आर्थिक प्रतिवेदन पारित गर्दै २०१२ मा स्थापना गरिएको एक करोड रुपैयाँको अक्षयकोषमा विगतका कार्यसमितिहरूले जम्मा गर्दै आएको रकम नेपालमा एक करोड पुगिसकेको र अझै रक़म संकलन निरन्तर रहेंगे जानकारी गराइएको थियो।

कार्यक्रममा कलाकारहरू सरिना पौडेल, आरजू अधिकारी र श्रीसा कण्डेलले स्वागत नृत्य प्रस्तुत गरेकाथिए।

सोहि अवसरमा नयाँ आजीवन सदस्यहरू चन्द्र गुरुङ, सन्तोष लामिछाने, गीता घिमिरे, चित्र सुवेदी तथा विनोद बानियाँलाई प्रमुख अतिथि तथा विशेष अतिथिबाट संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका सभापति एबम संस्थाका अध्यक्ष ईश्वरी प्रसाद कडेलले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने र कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै पहिलो चरणको कार्यक्रम समापन गर्नुभएको थियो।

कार्यक्रमको संचालन महासचिब मोहन केसी र स्वागत मन्तब्य उपाध्यक्ष शंकर बजगाईले राख्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.