गैर आवासीय नेपाली संघको केन्द्रको विवादका कारण विभाजित भएका एनसिसिशारुको एकता प्रक्रिया सुरु भएकोछ। एनआरएनए दक्षिण कोरियामा देखिएको सांगठनिक अन्योल र विभाजन अन्ततः समाप्त भएको छ । बिबाद समाधानका लागि एनआरएनए अध्यक्ष महेश श्रेष्ठ स्वयम् कोरिया पुगेका थिए। कोरिया विवाद मिलाउने उद्देश्यका साथ जापानबाट गएका अध्यक्ष श्रेष्ठले दुवै पक्षसंग सम्बाद गरेर एकता प्रक्रिया अगाडी बढेकोछ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै कोरियामा रहेका नेपाली समुदायलाई एकतावद्ध बनाउन दुई समानान्तर समिति बीच मंगलबार ‘बृहत् एकता सहमति पत्र’ मा हस्ताक्षर भएकोछ। कोरियामा रहेका नेपाली समुदiयका अगुवाहरुको रोहबरमा भएको सहमति अनुसार १० औं महाधिवेशनबाट निर्वाचित पार्वती लामा नेतृत्वको कार्यसमिति र बृहत एकता महाधिवेशनबाट निर्वाचित विपिन कुमार गुरुङ नेतृत्वको कार्यसमितिबीच एक–अर्काको अस्तित्व स्वीकार गर्दै अगाडि बढ्न सहमत भएकाछन।
दक्षिण कोरियामा रहेका नेपालीहरू बीच सामाजिक सौहार्दता बढाउँ र विदेशमा सिकेको ज्ञान, सीप र पूँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा लगाउने संस्थाको मूल उद्यस्य पुरा गर्नक लागी एकता प्रक्रिया अघि बढाइएको एनआरएनए दक्षिण कोरियाले जनाएको छ ।
नेपाली समुदाय भित्र एक–अर्काको नेतृत्व र अस्तित्वलाई स्वीकार गर्दै संस्थालाई एकढिक्का बनाएर लैजाने दुवै पक्ष सहमत भएर सांगठनिक एकताका कामहरू अगाडि बढाउन दुवै पक्षबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसहित ४–४ जना गरी कुल ८ सदस्यीय स्टेरिङ कमिटी बनाउने सहमति भएकोछ।
स्टेरिङ कमिटीको बैठकको अध्यक्षता दुवै पक्षका अध्यक्षले आलोपालो गर्ने र एकताको बाँकी प्रक्रिया एबम अन्य प्राविधिक कार्य र कार्ययोजना मिलाउन स्टेरिङ कमिटीले एनआरएनए केन्द्रिय सहजिकरण समितिसँग समन्वय गरी कार्यविधि बनाउनेछ ।
एकता सहमति पत्र हस्ताक्षर कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठ, उपाध्यक्ष जुनु गुरुङ, एनसीसी सहजीकरण एवं समन्वय समितिका सदस्य प्रकाश धमला र एनसीसी कोरियाका संरक्षक भीम गुरुङ लगायतको उपस्थिति थियो ।
एकतासँगै दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीहरूमा देखिएको अन्योल चिर्दै संस्थालाई परोपकारी र सिर्जनशील बनाउने बाटो खुलेको विश्वास लिइएको छ ।
एनआरएनए आइसिसिमा रहेका दुई समानान्तर समितिहरुका बीचमा एकता भएपछि मार्च १३–१५ मा केन्द्रीय महाधिवेशन आयोजना गरिएकोले त्यस अघिनै एनसीसीहरुको एकता प्रक्रिया सम्पन गरि सक्ने अध्यक्ष श्रेष्ठले बताउनुभएकोछ।