मगर संघ बेल्जियमको माघे संक्रान्ति, संस्कृति र परम्पराको अबलम्बन र नाचगान सहित सम्पन्न,

0

बेल्जियमको मगर समुदायले आफ्नो सांस्कृतिक पर्ब माघे संक्रान्ति सांस्कृतिक कार्यक्रम एबम झाँकी सहित भव्यता साथ् मनाएकाछन ।

नेपाल मगर संघ बेल्जियमले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नृत्य, भेषभूषा, खानपान लगायत शुभकामना आदानप्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बेन्लाक्सक अलागी नेपाली राजदुत सेवा लम्सालले बहुसांस्कृतिक बिरासत बोकेको नेपालको मगर समुदायले बेल्जियममा आफ्नो कला संस्कृतिको पर्दर्शन गरेर भब्य रुपमा माघे पर्बको आयोजना गरेकोमा बधाई दिदै माघे संक्रान्तिको शुभकामना दिनु भयो।

बिशेष अतिथि नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङले सांस्कृतिक पहिचान र अधिकारका लागि राज्यले सबैलाइ समान ब्यबहार गर्नु पर्ने अन्यथा समाजमा विभाजन आउछ भन्दै सुधारका सुझाब दिनुभयो। गुरुङले बेल्जियममा मगर समुदायको बिशेष चांड माघे संक्रान्तिको आयोजना गरेर दोश्रो पुस्तालाई जोड्न सकेमा मगर संघ बेल्जियमलाई बधाई शुभकामना दिनुभयो।

लुभेन नगरपालिकाका उपमेयर बेर्त कोर्निलले यति बिशाल समरोह आयोजना गरेर यति धेरै नेपालीहरु एकठाउमा भेला भै माघी पर्ब मनाएकोमा बधाई दिदै यस खाले कार्यक्रमले एकता र भातृत्वको संदेश दिन्छ भन्नुभयो।

कार्यक्रममा बेल्जियमको मगर समुदायको पहिचान र कला संस्कृति परम्पराको जगेर्न गर्न योगदान गर्नुभएका अग्रजहरु र लुभेन नगरपालिकाका उपमेयर बेर्तलाई सम्मान गरिएको थियो।

समाजका उपाध्यक्ष हिमाल बुढाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन महासचिब कृष्णकुमारी मगर र संचार संयोजक दिल निशानी मगरले फ्गर्नु भएको थियो। सांस्कृतिक कार्यक्रमको संयोजन सलाहकार बालराम पुन र अम्बर रानाले गर्नु भएको थियो।

सांस्कृतिक कार्यक्रम मगर समुदायक बाबू नानीहरुको आकर्षक नृत्य, मगर समुदायको बाजागाजा सहित कुरा मारुनी नाच र झाकी प्रस्तुत गरिएको थियो। नेपालबाट आएका चर्चित गायक श्याम राना, गायिका द्वय सपना श्रीस मगर, तृष्णा घर्तीको प्रस्तुतिमा दर्शकहरु नाचेर झुमेर रमाएका थिए।

नेपाल मगर संघ बेल्जियमका अध्यक्ष कल्पना मगरले यति ठुलो कार्यक्रमको ब्यबस्थापन लगायत आर्थि भौतिक सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिदै आफ्नो कला संस्कृति भेष भुषा संरक्षण गर्न सबैको सहयोग र एकता आबस्यक हुने भएकोले सबै मिलेर समुदायको हिर्त्मा काम गर्न आग्रह गर्नुभयो,

भाषा, भेषभूषा, कला र सांस्कृतिक विविधताले सम्पन्न मगर समुदाय जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायको पहिलोमा पर्ने मगर समुदायको माघे संक्रान्ति पर्वमा चेलीबेटीको पूजा र उनीहरुलाई मिष्ठान भोजन (खिचडी, घ्यु, तरुल, अदुवा, सेलरोटी, बारा–बटुक, गुड आदि) गराउने चलनछ। साथै आफ्ना कुलपितृको सम्झनामा खिचडी, फलफूल चढाउने र पूजाआजा गरिने परम्परा छ।

प्रवासमा रहेर पनि आफ्नो समुदायको कला र संस्कृतिलाई जगेर्न गर्न आयोजना गरिएको कार्यक्रममा पोर्तुगल, स्पेन क्रोयसिया, नेदरल्याण्ड, फ्रान्स लगायतका विभिन्न मुलुकबाट मगर संघका प्रतिनिधिको उपस्थि भएका थिए।

Leave A Reply

Your email address will not be published.