‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ बेल्जियम आउदै, युबा पुस्ताका चर्चित गायक सुजन चापागाईंको कन्सर्ट एन्तवेरपेनमा हुने,

0

नेपाली सांगीतिक आकाशमा पछिल्लो समय युवा पुस्ताले सर्वाधिक रुचाइएका चर्चित गायक सुजन चापागाईं आफ्नो सांगीतिक ब्याण्ड ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ सहित बेल्जियम आउने भएकाछन।

यात्रा इन्टरटेनमेन्ट बेल्जियमले आगामी फेब्रुवरी १६ मा एन्तवेरपेनमा आयोजना गर्ने चापागाईको ‘युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६’ नामक सांगीतिक टूरमा प्रवासमा रहेर पनि नेपाली संगीतलाई माया गर्ने दर्शकहरूका लागि बिशेष सांगीतिक प्रस्तुति हुनेछ।

वर्तमान नेपाली संगीतमा सुजन चापागाईं एक सशक्त र जादुमय स्वर भएका गायकका रूपमा प्रसिद्ध छन् । उनका सिर्जनाहरूमा पाइने मौलिकपन र फरक स्वादले गर्दा नेपाली जनमानसमा प्रिय गायकका रुपमा ख्याति पाएका हुन् । युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालमा करोडौं दर्शकको रोजाइमा परेका उनका गीतहरूले स्रोतालाई मन्त्रमुग्ध पार्ने क्षमता राख्छन् ।

बेल्जियमको कार्यक्रममा आउने दर्शकहरूले ‘तीनपाते’, प्रेमिल जोडीहरूको रोजाइमा परेको ‘लजाएर’, रमाइलो भाका ‘गाला पुक्क’, भावनाले भरिएको ‘बाफ’ तथा पछिल्लो समय निकै चर्चामा रहेको ‘घुम्ती’ (फूल बारीमासी) लगायतका दर्जनौं लोकप्रिय गीतहरू प्रत्यक्ष सुन्ने दुर्लभ अवसर प्राप्त गर्ने आयोजक मध्यका सन्तोष पौडेल बताउछन । चापागाईको ब्याण्डको लाइभ प्रस्तुतिमा उनको मिठो आवाजले कन्सर्ट भब्य हुने बिश्वास आयोजक यात्रा इन्टरटेनमेन्टको रहेकोछ।

कन्सर्टको टिकेटका लागि अनमोल चापागाई, अनुजा चापागाई, अमृता गुरुङ (एसियन ज्वेलर्स) र सन्तोष पौडेल संग प्रत्यक्ष सम्पर्क अथवा इटिकेटका लागि हाम्रो इभेन्ट र क्युआर कोड स्क्यान मार्फत खरिद गर्न सकिनेछ।

गायक चापागाईंले बेल्जियम संगै युरोपका प्रमुख सहरहरूमा आफ्ना प्रस्तुतिहरू दिनेछन् । फिनल्याण्डको हेलसिंकीमा फेब्रुअरी १४, फ्रान्सको पेरिसमा फेब्रुअरी १८, जर्मनीको बर्लिनमा फेब्रुअरी २०, डेनमार्कको कोपेनहेनमा फेब्रुअरी २७, पोर्चुगलको लिस्बनमा मार्च २ र माल्टामा मार्च ६ तारिख बिभिन्न सांगीतिक समुहको आयोजनामा उनको कन्सर्ट आयोजना गरिएकोछ।

Leave A Reply

Your email address will not be published.