एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठलाई नेपाल प्रहरीको सम्मान

0

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई नेपाल प्रहरीले सम्मान गरेकोछ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको हो ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले कदर प्रत्र प्रदान गर्दै अध्यक्ष श्रेष्ठलाई सम्मान गर्नुभएको थियो ।

अध्यक्ष श्रेष्ठले सडक सुरक्षा लगायत नेपाल प्रहरीका अन्य परियोजनामा एनआरएनएले सहयोग गरेको बताउँदै आउँदा दिनमा पनि आवश्यकताका आधारमा सहयोग र सहकार्य गर्ने बताउनुभयो ।
एनआरएनएले करिब ८० लाख रुपया लगानीमा जेनजी आन्दोलनमा क्षतिग्रस्त ट्राफिक कन्ट्रोलरुम पुनर्निर्माण गरिरहेकोछ ।

हाल उपत्यका ट्राफिक कन्ट्रोल रुममा आवश्यक पर्ने उपकरणहरू जोड्ने काम भइरहेकोछ।

एनआरएनएका विपद् व्यवस्थापन समितिका संयोजक रहेका उपाध्यक्ष मनोजकुमार श्रेष्ठले पुअर्निर्माणको काम अन्तिम चरणमा पुगेको र केही दिनमै ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्ने जानकारी गराउनुभएकोछ।

सम्मान समारोहमा एनआरएनएका पूर्व अध्यक्षहरू विनोद कुँवर, राजेन्द्रकुमार (आरके) शर्मा, पूर्व महासचिव जानकी गुरुङ, वर्तमान महासचिव बाबुराम (बीआर) लामा, सचिव तिलक गैरे लगायतका एनआरएनए पदाधिकारीहरु र बरिष्ठ प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.