अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं र महासचिबमा चिरन कुमार खवास निर्वाचित,

0

विश्वका बिभिन्न देशमा बसोबास गर्ने झापालीहरूको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं र महासचिबमा चिरन कुमार खवास निर्वाचित हुनुभएकोछ ।

  • समाजको बिर्तामोडमा सम्पन्न पाँचौँ अधिवेशनले चम्लागाई अध्यक्ष र खवास महासचिब रहेको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । विगत ३० वर्षदेखि कतारमा व्यवसाय गर्दै आएका चम्लागाईं यसअघि समाजका वरिष्ठ उपाध्यक्ष र खवास युरोप संयोजक हुनुहुन्थ्यो ।

त्यसै गरि नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष रहेका खवास रेस्टुरेन्ट ब्यबसायी हुनुहुन्छ ।

 

समाजको बरिष्ठ उपाध्यक्षमा दिपक चुडाल उपाध्यक्षहरु द्वय नविन पोखरेल, चूडामणि कार्की, महिला उपाध्यक्ष सीता पाण्डे, सचिवद्वय भवानी प्रसाद कोइराला, अजय राजबंशी, कोषाध्यक्षः उमेश पोखरेल, सह–कोषाध्यक्षः रविन गिरीलाई पनि सर्बसम्मत चयन गरिएकोछ।

सन २०२५–२०२७ का कार्यकालका लागि निर्बिरोध निर्बाचित कार्यसमितिलाई निर्बाचन समितिका संयोजक दिनेश कुमार पोख्रेलले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो।

समाजका निबर्तमान अध्यक्ष मुकुन्द ढुंगानाले समाजको अभियानलाई साथ् र सहयोग गरेर आफ्नो कार्यकाल सफल बनाउने सबैलाई धन्यबाद दिनुभएको थियो।

Leave A Reply

Your email address will not be published.