एनआरएनए बेल्जियमको अधिबेशनमा सबैको एउटै स्वर – समाज फुटाउने अधिकार कसैलाई छैन,

0

एनआरएनए बेल्जियमको दशौ अधिबेशन सम्पन्न भएकोछ। अधिबेशनले कमल पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ। दशौ अधिबेशनको उद्घाटनमा शुभकामना दिने  बिभिन्न संघ संस्थाका प्रमुखहरुले बेल्जियमको नेपाली समुदायले छाता संस्था मानेको एनआरएनएलाई फुटाउने प्रयास हुनु दुखद भएको बताए। यहाँको समाजमा विभाजन ल्याउने र सामाजिक एकतामा खलल पुग्ने कामलाई कुनै पनि संघ संस्थाले समर्थन गर्न नहुने उनीहरुको भनाइ थियो।
कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी राजदुत सेवा लम्सालले परराष्ट्र सेवामा रहदा एनआरएनएका बिबिध आरोह अबरोहको प्रत्यक्षदर्शी रहेर त्यसको समुन्नतिका लागि सहयोग गरेको र राजदुतका रुपमा पनि समुदायको एकताका लागि आफ्नो सहयोग रहने बताउनुभयो। अबिभाबकको रुपमा बिबाद समाधानका लागि दुतावासले केहि गर्न सक्ने भए निस्वार्थ रुपमा आफु तयार रहने उहांले बताउनुभयो।

यहांको सामाजिक परिवेश जे भए पनि विधिको सर्बोच्चता र मन्त्रालयको निर्देशन मान्नु पर्ने भएकोले आफु एनआरएनए बेल्जियमको अधिबेशनमा सहभागी भएको बताउदै त्यो भन्दा फरक आफ्नो कुनै सोच नरहेको राजदुत लम्सालले बताउनुभयो।

एनआरएनएका उपाध्यक्ष लोक दाहालले केन्द्रको बिबाद बेल्जियम सम्म तान्ने काम गलत हो भन्नु भयो। दाहालले एकताका लागि आफुहरु इमान्दार भएर लागे पनि संस्थाको लोगो कब्जा गरेर फाइदा लिएकाहरुले बिबाद लम्ब्याएर नेपाली समुदायलाई विभाजित गरेको बताउनुभयो।

एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष एबम केन्द्रीय सल्लाहकार चित्र सुबेदीले बेल्जियमको नेपाली समुदायलाई विभाजित नगरौ भनेर जति प्रयास गरे पनि सफल नभएकोमा दुख व्यक्त गर्दै पार्टी बिशेषको निर्देशनमा एनआरएनए जस्तो संस्थालाई विभाजन गर्नेहरुलाई बेल्जियमको नेपाली समुदायले माफी गर्नेछैन भन्नुभयो।

एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष एबम केन्द्रीय प्रवक्ता गंगाधर गौतमले गैर आबासीय नेपाली संघ कहिल्यै विभाजित हुन् सक्दैन भन्नुभयो। नेतृत्व हत्याएर संस्था कब्जा गर्न केहि व्यक्तिले निर्बाचनमा धादली , प्रतिनिधि चयन, आफ्नो अनुकुल बिधान बनाउने लगायत गलत कार्य गरेकाले यो अभियानमा बित्रिष्णा बढेको बताउदै विदेशमा रहेका नेपालीका हकहितका मुद्दामा नेपाल सरकारसंग लडेर, गालि गरेर होइन मिलेर “एक पटकको नेपाली सधैको नेपाली”नारालाई साकार पार्ने काम गर्नु पर्छ भन्नुभयो।

गौतमले एनआरएनए बेल्जियमका पूर्व अध्यक्षहरु संस्थागत निरन्तरता र एकताका लागि एकजुट रहेको बताउनुभयो।

एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष एबम युरोप संयोजक प्रेम गुरुङले केन्द्रको बिबाद बेल्जियम सम्म तन्क्याएर यहांको समाज फुटाउनेहरुलाई नेपाली समाजले कहिले पनि माफ गर्नेछैन भन्नुभयो। गुरुङले आफुहरु एकता महाधिबेसनबाट निर्बाचित भएर आए पछि बरु हाम्रो पदलाई मान्यता नदिए पनि तयार छौ समाज फुटाउने काम नगर भनेको र आज पनि सोहि कुरा दोहर्याउन चाहान्छु भन्नुभयो।

एनआरएनए बेल्जियमकि अध्यक्ष सीता सापकोटाले आफ्नो दुइ बर्षे कार्यकालको भावुक समिक्षा गर्दै, सके जति राम्रो गर्न खोजेको, नेपाली समुदायले दिएको जिम्मेवारीलाई पुरै न्याय गर्न प्रयास गरेको र संस्थाको लागि लामो समय सम्म ख्याति रहने गरि भुकम्प प्रभावित जाजरकोटमा बिद्यालय भवन निर्माण, “नेपाल बेल्जियम डे” को सुरुवात, हमासद्वारा हत्या गरिएका विद्यार्थीको परिवारलाई सहयोग लगायतका परोपकारी र मानबीय काम गरेको बताउनुभयो। केन्द्रको असहज अबस्थामा पनि ब्यालेन्समा बसी निष्पक्ष भएर समितिले काम गरेको र आफुहरु कहिल्यै पनि विभाजनको पक्षमा नलागेको तर केहि व्यक्तिले गलत बाटो लिएकाले समस्या आएको बताउनुभयो।

सापकोटाले आफ्नो कार्यकाल सफल बनाउन सक्रिय कार्यसमितिका पदाधिकारी, सल्लाह सुझाब दिने अग्रजहरु एबम आर्थिक भौतिक नैतिक समर्थन र सहयोग गर्ने नेपाली समुदायका सबैलाई धन्यबाद दिनुभएको थियो।

लुभेन नगरपालिकाका सदस्य सुर्य ढकालले समुदायको एकता सामाजिक संस्थाको एक मात्र उद्यस्य हुनु पर्छ र यहांको नेपाली समुदायको हकहित र उन्नतिका लागि नगरपालिका सधै तयार छ भन्नुभयो।

एनआरएनए आईसिसी सदस्य द्वय मदन दवाडी र भिम सुवेदी, जनजाती महासंघ बेल्जियमकी अध्यक्ष प्रबिना गुरुंङ्ग, पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा,ब्यवसायी संघ बेल्जियमका अघ्यक्ष चिरन कुमार खवास, जनसम्पर्क समिती बेल्जियमका सभापती सुभाष गुरुंग, जनप्रगतिशिल मंच बेल्जियमका अध्यक्ष मनिष गुरुंग, जनप्रगतिशिल मोर्चाका अध्यक्ष मेख गुरुंग, संघीय समाजवादी परिषद बेल्जियमका अध्यक्ष नेत्र मगर , नवलपुर समाज बेल्जियमका प्रतिनिधी(पुर्व अध्यक्ष) रमेश सापकोटा , शेर्पा समाज बेल्जियमका प्रतिनिधी ( पुर्व अध्यक्ष ) सोनाम शेर्पा ,कलाकार संघ बेल्जियमका अध्यक्ष बलराम पुन, गुल्मी समाज बेल्जियमका अध्यक्ष कुल बहादुर कार्की,काभ्रे समाज बेल्जियमका अध्यक्ष उद्दव गौतम,मगर समाज बेल्जियमकी अध्यक्ष कल्पना मगर , तमु समाज बेल्जियमका अध्यक्ष राम घले , बाग्लुंग समाज बेल्जियमका अध्यक्ष हरी रोका ,नेपाली ब्रसेल्स मिलन केन्द्रका अध्यक्ष प्रकाश कार्की, क्याट बेल्जियमका उपाध्यक्ष तेजेम्द्र कंडेल, संयुक्त किरांत समाज बेल्जियमका प्रतिनिधी दौलत साम्वा,किरांत याक्थुंग चुम्लुंगका प्रतिनिधी कर्ण सुब्बा,पर्वत समाज बेल्जियमका प्रतिनिधी केदार जोशी , कास्की समाज बेल्जियमका प्रतिनिधी आनन्द सेरचन ,ठकुरी समाज बेल्जियमका प्रतिनिधी घनश्याम शाही ,नेपाली सास्कृतिक समुदाय बेल्जियमका महासचिव दिपक सापकोटा, गोर्खा समाज बेल्जियमका प्रतिनिधी ( निबर्तमान अध्यक्ष) राम घले,क्षेत्री समाज बेल्जियमका प्रतिनिधी ओम थापा अन्तर्राष्ट्रीय बाग्लुङ्ग समाजका अध्यक्ष गंगा शर्मा , जनप्रगतिशिल मोर्चा युरोपका सम्लाहकार बिष्णु भुजेल, नेबाबका संस्थापक राधाकृष्ण अधिकारी, लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुले अधिबेशन सफलताको शुभकामना दिदै बेल्जियमको समुदायको एकतामा जोड दिनुभयो।

कार्यक्रममा एनआरएनएका अध्यक्ष महेश श्रेष्ठ, बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ र पुर्व अंध्यक्ष जानकी गुरुंगले पठाएको शुभकामना संदेश पढेर सुनाइएको थियो।

कार्यक्रममा एनआरएनए बेल्जियमका पूर्व अध्यक्षका अर्धांगिनीहरु रजनी प्रधान बिष्णु कुमारी गुरुङ, सशी गौतम, सीता दाहाल, लक्ष्मी अधिकारी सुबेदी र लुभेन नगरपालिकाका पुर्ब सदस्य कृष्ण सगुन क्षेत्रीलाई सम्मान गरिएको थियो।

अधिबेशनमा उपमहासचिव राजेन्द्र कार्कीले प्रगति प्रतिबेदन, कोषाध्यक्ष अजित तुलाचनले आर्थिक प्रतिबेदन र बिधान समिति संयोजक सुबाश जोशीले पेश गरेको संसोधित बिधान पारित गरेको थियो।

कार्यक्रमको संचालन उपमहासचिव राजेन्द्र कार्की र सचिब देबु श्रेष्ठ (संजय)ले गर्नुभएको थियो।

अधिबेशनमा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै उपाध्यक्ष कासी दनाईले २ बर्षे कार्यकालमा संस्थाले गरेका र गर्न खोजेका कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो।

दशौ अधिबेशनले निर्बाचित गरेको कमल पन्थी नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई दिदै सामाजिक एकताका लागि पहल गर्न, छुट्टिन खोजेकाहरुलाई पनि समेटेर अगाढी बढ्न उपस्थित एनआरएनएका शुभचिन्तक एबम अग्रजहरुले सुझाब दिनुभएको थियो।

 

 

Leave A Reply

Your email address will not be published.