चारदिशा न्युज,एण्टवेर्प (बेल्जियम)
“नेपथ्य र अमृत गुरुङ” संगीत प्रेमी नेपाली युबाहरुका लागि अत्यन्त प्रिय शब्द हुन । युरोपमा हुर्की रहेको जेनजी पुस्ता र लोक,पप मन पराउने सबै तह र तप्काको प्रिय ब्याण्ड नेपथ्य बेल्जियम आउने दिन नजिकिदै जादा आयोजक अजित तुलाचन र रितेश गुरुङको व्यस्तता यति बढेको छ कि भन्छन – “आफ्नो ब्यबसाय परिवारको जिम्मा छोडेर रातदिन खटेका छौं”।
नेपाली लोक पप संगीतको धरोहर रहेका अमृत गुरुङको विदेशको अन्तिम कन्सर्ट भएर होला टिकेट नपाएर रिसाउनेहरुलाई सम्झाउने, अनि कोरियाको जस्तै अबस्था आउन नदिने गरि ब्यबस्थापनको काम मिलाउन व्यस्त रहेको उनीहरु बताउछन।
विश्वका प्रसिद्ध गायक गायिकाहरुले प्रस्तुति दिईसकेको 2100 सिट क्षमता भएको कन्सर्ट हलमा आगामी सेप्टेम्बर ३ मा आयोजना हुने लाइभ कन्सर्टका लागि ७० प्रतिशत टिकेट बिक्रि भैसके, अन्तिम तिर टिकेट किनौला भनेर योजना बनाएकाहरुलाई बाकि टिकेट पुगेन भने के गर्ने भन्ने चिन्ता छ उनीहरुलाई।
भीआइपी टिकेट पनि सतप्रतिशत सोल्ड आउट भैसकेको जानकारी प्राप्त भएकोछ।
छिमेकी देश नेदरल्याण्ड, जर्मनी, लग्जेम्बर्ग, देखि डेनमार्कमै भएको कन्सर्ट हेर्न नपाएका स्क्याण्डिभियन देशका दर्शक समेतले टिकेट किनिरहेकाले बेल्जियममा युरोप भरिका संगीतप्रेमीहरु भेला हुनेछ। आउने चाहना राखेर आयोजकलाइ मात्र होइन अन्य बेल्जियमबासीलाई पनि छिमेकी देशबाट सोधखोज भैरहेको केहि युवाहरुले बताएकाछन ।
प्रवासको सांगीतिक इतिहासमा अति विशिष्ट छाप छोड्ने यो कन्सर्टका लागि सकेसम्म सुविधायुक्त बनाउने प्रयास गरिरहेको आयोजकहरुको भनाइछ । कन्सर्ट हेर्न आउने सार्बजनिक यातायात प्रयोगकर्ताका लागि ब्रुगे,एन्तवेर्पेन र गेण्टबाट प्रत्येक घण्टामा ट्रेन र ब्रुगे एन्तवेर्पेन र लुभेनबाट छुट्टै बसको ब्यबस्था पनि गरिएकोछ ।
आफ्नो सवारी साधन हुनेहरुका लागि करिब ७०० कार पार्किङ्गको ब्यबस्था गरिएकोछ। खान पिनको ब्यबस्था सहित अफ़्टर पार्टको ब्यबस्था पनि गरिएकोछ।
कन्सर्ट सफल बनाउनका लागि चिज कुमार श्रेष्ठ उमी सुशी मुख्य प्रायोजक,लिटल सियोल बार्बक्यु रेस्टुरेन्ट मिएर डाइमण्ड स्पोन्सर र गोल्डेन स्पोन्सरमा यात्रा इन्टरतैन्मेंटका सन्तोष पौडेल,अनमोल चापागाई, सन्तोष लामिछाने,आरता सुशिका कमल र सुनिता गुरुङ, सिल्भर स्पोन्सर नितु ढाबा नेदरल्याण्डका मिम पुर्जा,सुशी बेल्जियमका बिनोद बानिया, पीएनभी इन्सुरेन्स,हिमालय रेस्तुरेण्टका मनोहरि शर्मा नेदरल्याण्ड , पपन हस्पिटालिटी ग्रुप नेदरल्याण्डका थानेश्वर कंडेल एबम लजिस्टिक पार्टनर हिमाल गुरंग नेदरल्याण्ड र प्रचार प्रशारका लागि मिडिया पार्टनर चारदिशा न्युजका ओम शर्मा र फोटो दृष्टिले सघाई रहेकाछन ।