कमल पन्थीको अध्यक्षतामा एनआरएनए बेल्जियमको नयाँ कार्यसमिति सर्बसम्मत चयन,

0

गैर आबासीय नेपाल संघ बेल्जियमको अध्यक्षमा कामल पन्थी निर्बाचित हुनुभएकोछ।आइतबार लुभेनमा भएको संघको दशौ राष्ट्रीय महाधिबेशनले पन्थीको अध्यक्षतामा नया कार्यसमिति सर्बसम्मत निर्बाचित गरेको हो।

संघको उपाध्यक्षमा राजेन्द्र कार्की,संजय श्रेष्ठ (देबु), कुमार जोशी(केदार) रबिन पण्डित,जनजाति उपाध्यक्ष सुर्य गुरुङ,महिला उपाध्यक्ष सरस्वती सुबेदी,युबा उपाध्यक्ष क्षितिज भट्टराई, महासचिबमा रमेश दाहाल,उपमहासचिव डा राजुश्री श्रीबास्तब, सचिब राजन दनै,बुद्ध अएकल धिकारी,(दिप्सन) महिला सचिब बेञ्जु उप्रेती,कोषाध्यक्ष सबिन न्यौपाने,सहकोषाध्यक्ष तेज अर्याल ,युबासंयोजक दिवस ढकाल ,महिला सुमित्रा घिमेरे पाण्डे चयन हुनुभएकोछ।

त्यसै गरि क्षेत्रीय संयोजकमा राजेन्द्र घिमेरे अन्त्वेरपेन,सुबाश तामांग ब्रुगे,अच्युत पौडेल ओस्तेन्दे,सागर बिष्ट ब्रुसेल , कमल सापकोटा लुभेन र अन्जु मल्ल ठकुरी गेन्ट हुनुहुन्छ। सदस्यमा राधिका श्रेष्ठ आधिकारी ,रमेशराज लामिछाने,राजु घिमिरे, सीता दाहाल र बिष्णु सापकोटा पनि सर्बसम्मत निर्बाचित हुनुभएकोछ।

आइसिसी सदस्यमा साबित्री गिरी निर्बाचित हुनु भएको छ ।

निर्बाचन समितिका संयोजक चित्र सुबेदीका अनुसार सबै पदमा एकल उम्मेदवार परेकोले सिंगो कार्यसमिति निर्बिरोध निर्बाचित भएको हो। अधिबेशनको बन्दसत्रका अध्यक्षमण्डलका अध्यक्ष इन्द्र पकवानले सर्बसमात कार्य समिति चयन भएको जानकारी गराउनुभएको थियो भने नबनिर्बाचित पदाधिकारीहरुलाई संघका केन्द्रीय उपाध्यक्ष लोक दाहालले सपथ गराउनुभएको थियो।

नबनिर्बाचित अध्यक्ष कमल पन्थीले आफुलाई सर्बसम्मत रुपमा जिम्मेवारी दिएकोमा बेल्जियमको नेपाली समुदाय र एनआरएनए का अग्रजहरुलाई धन्यबाद दिदै सामाजिक एकता र नेपालीहरुको हकहितका लागि अहोरात्र खटेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

Leave A Reply

Your email address will not be published.