एण्टवेर्प (बेल्जियम) – आगामी २५ अगस्ट २०२५ मा एण्टवेरपेनको रुखभेल्दमा एन्टवेर्प गाइजको आयोजनामा ‘पाचौ एन्टवेर्प कप’ गृष्मकालीन A7 फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ। प्रत्येक बर्ष गर्मीको छुट्टीको बेला गरिने यो प्रतियोगिता बेल्जियमकै प्रतिष्ठित तथा सबैभन्दा ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता मानिन्छ।
टुर्नामेन्ट बिजेता पहिलो टिमलाई 6000 युरो दोश्रोले 2000 र अन्य पुरुस्कार प्रदान गरिने एन्टवेर्प गाइजका कोषाध्यक्ष मनिष शाहीले जानाकरी गराउनुभएकोछ।
आयोजक एन्टवेर्प गाइजका अध्यक्ष शिब सिग्देल र महासचिब अभिषेक गौचनले विगतका संस्करणहरूमा झैँ यस वर्ष पनि अझ व्यवस्थित व्यवस्थापन, उच्चस्तरीय खेल वातावरण र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोछ ।
प्रतियोगितामा विभिन्न समुदाय, क्लब र खेलप्रेमी समूह गरि १४ टिमको सहभागिता रहनेछ। पोर्तुगल, बेलायत, नेदरल्याण्ड,फ्रान्स बेल्जियम लगायतका फूटबल टिमले प्रतियोगितामा भाग लिन टिम दर्ता गराएकाछन्। सहभागी टिमबाट बेस्ट प्लेयर, बेस्ट टीम,बेस्ट डिफेन्स,र तोप स्कोरर लगायतलाई पनि उचित पुरुस्कारको बयाब्स्था गरिएकोछ।
यसपटकको टुर्नामेन्टलाई विशेष बनाउन आयोजकहरूले आकर्षक पुरस्कार राशिका साथै मेडल र प्रमाणपत्र सहित अन्य सामग्री दिने ब्यबस्था गरेकाछन । विजयी टोलीहरूले न केवल ठूलो धनराशी जित्नेछन्, खेलप्रेमीहरु माझ उनीहरूको खेल प्रतिष्ठा बढ्नेछ।
खेल सकिए पछि नेपालकि ख्यातिप्राप्त गायिका शान्तिश्री परियारको तीज बिशेष प्रस्तुति संगै नाच गान गर्दै मनोरंजन गरिने ब्यबस्था गरिएकोछ।
यो प्रतियोगिता आपसी मित्रता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको प्रतीक हो भन्ने विश्वासका साथ, एण्टवर्प गाइजले यस टुर्नामेन्टलाई सफल बनाउन नेपाली समुदाय, खेल संघ–संस्थाहरू र सबै खेलप्रेमीहरूलाई सक्रिय सहभागी हुन आग्रह गरेको छ।