जनभावना र कानुनको सम्मान नगरे कानुनि कारबाही गर्ने एनआरएनए प्रवक्ता गौतमको चेतावनी,

0

गैर आबासीय नेपाली संघको एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिले कानुनको सर्बोच्चता र नेपाल सरकारको निर्देशनलाई चुनौती दिने गरि बद्रि केसी समुहले कुटनीतिक नियोगहरुलाई गरेको पत्राचारप्रति आपत्ति जनाएको छ ।

संघका प्रवक्ता गंगाधर गौतमले बिज्ञप्ति जारी गर्दै बालुवाटारस्थित सचिवालयबाट काम गर्दै आएको केसी समूहले परराष्ट्र मन्त्रालयलाई चुनौती दिने काम गरेकोमा संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

प्रबक्ता गौतमको बिज्ञप्तिमा भनिएकोछ ‘’संवाद र सहमतिमार्फत समाधान खोज्ने हाम्रो प्रयासलाई कमजोरी नठानियोस् । अवैधानिक भइसकेको समूहका महासचिवको नामबाट पठाइएको कथित पत्रको कुनै औचित्य छैन। सो पत्र नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कूटनीतिक नियोग तथा महामहिम राजदूतज्यूहरूको मानहानि गर्ने नियतले आएकोछ”।

विज्ञप्तिमा एनआरएनएको एक मात्र वैधानिक कार्यसमिति श्रेष्ठ नेतृत्वको हालको निर्वाचित कार्यसमिति नै भएको हुदा संस्थाको नाम, लोगो र लेटरप्याडको दुरुपयोग नगर्न सचेत गराइएकोछ । अन्यथा यस विषयमा कानुनी उपचार खोजिने समेत चेतावनी दिइएको छ ।

यस अघि सर्बोच्चको परमादेश अनुसार भएको एकता महाधिबेशनलाई मान्यता दिदै परराष्ट्र मन्त्रालयले विदेश स्थित कुतानितितिक नियोगहरुलाई श्रेष्ठ नेतृत्वको कार्यसमिति संग सहकार्य गरेर विदेशमा रहेका नेपालीहरुको हकहितका लागि काम गर्न निर्देशन गरेको थियो।

आफ्नो व्यापारिक स्वार्थका लागि संस्था कब्जा गर्न सदस्यता बितरणमा धादली, अनलाइन निर्बाचन प्रणालीमा छेडखानी जस्ता निकृष्ट काम भएकाले बिगतका महाधिबेशन बिबादास्पद भएकाले संस्था कानुनि, बैधानिक र जनबिस्वास गुमाउने अबस्थामा छ ।

 

 

Leave A Reply

Your email address will not be published.