कञ्चनपुरी कल्पना मगर बनिन मगर संघ बेल्जियमको अध्यक्ष,

0

ब्रसेल्स, बेल्जियम,

मगर संघ बेल्जियमले आफ्नो छैटौँ अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। अधिबेशनले कञ्चनपुर स्थायी घर भएर हाल बेल्जियममा बसोबास गरिरहेकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ।

नयाँ कार्यसमितिमा रोल्पाका हिमाल बुढा मगर उपाध्यक्ष, बागलुङका सन्दर्भ पुन र गुल्मीकी कृष्णकुमारी पुन सचिव, गुल्मीका दीपक थापा कोषाध्यक्ष, बागलुङका क्षेत्र थापा सह-कोषाध्यक्ष नियुक्त भएका छन्। सांस्कृतिक विभाग संयोजक गोरखाका अमर राना र लेखा समिति संयोजक म्याग्दीका मोहन रोका चयन भएका छन्।

कार्यसमितिका सदस्यहरूमा रुकुमका सुझित बुढा मगर र सतमान पुन, रोल्पाका श्याम बुढा मगर, म्याग्दीका पुरन पुन, दाङका मिलन पुन र सोलुखुम्बुकी दिलमाया मगर रहेका छन्।

मगर संघ बेल्जियमको अध्यक्ष निर्बाचित मगरले लामो समयदेखि मगर समुदायका हक अधिकार र सामाजिक न्यायका लागि विभिन्न संघसंस्था र कार्यक्रमहरूमा सक्रिय रूपमा काम गर्दै आउनुभएकोछ  ।

अध्यक्ष पदमा निर्वाचित भएपछि उनले बेल्जियममा रहेका मगर समुदायलाई अझ मजबुत बनाउने, भाषा र संस्कृतिको संरक्षणमा जोड दिने र नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने कार्यलाई प्राथमिकता दिने बताउनुभएकोछ ।

उंहाले प्रवासमा हुर्किएका मगर समुदायका दोस्रो पुस्तालाई चांडबाड मात्र नभई दैनिक जीवनमा पनि नेपाली भाषा, संस्कार र पहिचानसँग निरन्तर जोड्ने योजना रहेको उल्लेख गर्नुभएकोछ।

अधिवेशनमा प्रमुख अतिथि रहनुभएको बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले यस्तो कार्यक्रमले प्रवासी नेपालीहरूलाई आफ्नो संस्कृतिमा जोड्न सहयोग पुर्याउनेछ भन्दै मगर संघको सक्रियताको प्रशंसा गर्नुभयो।

कार्यक्रममा अन्तर्राष्ट्रिय मगर महासंघका महासचिव तथा आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्ती मगर, महासंघ युरोप संयोजक नेत्र मगर, एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटा र ज्येष्ठ प्रतिनिधि लाल प्रसाद पाइजा लगायत थुप्रै संघसंस्थाका प्रतिनिधिहरूले अधिबेशनको सफलताको कामना गर्दै शुभकामना दिनुभएको थियो।
प्रवासी नेपाली मंचका अध्यक्ष बिनोद न्यौपाने, नेपाली जनसम्पर्क समिति बेल्जियमका शभापति सुभाष गुरुङ, नेपाली जनप्रगतिशील मंचका अध्यक्ष मनिस गुरुङ, राई सोसाइटी बेल्जियमका केजिन राई,किरात याक्थुंग चुन्लुंगका अध्यक्ष बदन योङ्गहाङ्ग, तामांग समाजका अध्यक्ष लालिमा तामाङ्ग, तमु समाजका उपाध्यक्ष सुर्य गुरुङ, शेर्पा समाजका अध्यक्ष पिडी शेर्पा,मगर संघ युरोप संयोजक नेत्र मगर, नेपाल पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा लगायतले शुभकामना दिनुभएको थियो।

मगर संघका कलाकारहरुले मगर समुदायको सांस्कृतिक नाच सहित सांस्कृतिक झाकी र स्वागत गीत प्रस्तुत गर्नुभएको थियो।

सो अवसरमा बेल्जियममा नया कार्यभार सम्हाल्नु भएकी राजदुत लम्साललाई मगर संघ संस्थापक ज्येष्ठ प्रतिनिधि लाल प्रसाद पाइजाले दोसल्ला ओढाएर स्वागत गर्नु भएको थियो।

मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरको शभापतित्वमा भएको कार्यक्रमको संचालन उपाध्यक्ष बल पुन र सागत बसन्त राना मगरले गर्नुभएको थियो।

निबर्तमान अध्यक्ष लोक रानाले आफ्नो दुइ अबधिको कार्यकाल सफल बनाउन सहयोग गर्ने मगर समुदाय र बेल्जियमको नेपाली समुदायलाई धन्यबाद दिनुभएको थियो।

 

 

Leave A Reply

Your email address will not be published.