एनआरएनएको एकता महाधिबेशन मूल आयोजक समितिको सदस्य सचिबमा गंगाधर गौतम,

0

एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतम एकता महाधिबेशन मूल आयोजक समितिको सदस्य सचिब नियुक्त भएका छन्।

सर्बोच्च अदालतको परमादेश अनुशार गठित एनआरएनएको एकता महाधिबेशन सम्पन्न गर्न गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले गौतमलाई सदस्य सचिब चयन गरेका हुन्।

आगामी मे महिनाको ‘३, ४ र ५ मा काठमाण्डौमा हुने महाधिबेशन तयारि तिब्र गतिमा भै रहेकोले त्यसलाई ब्यबस्थित संचालन हेतुले समितिको बार्हौ बैठकले गौतमलाई सदस्यसचिवको जिम्मा दिने निर्णय गरेको थियो।

बिभिन्न बैचारिक र सामाजिक संस्थाको सबल नेतृत्व गरेका गौतमलको मनोनयनले एनआरएनएको एकता महाधिबेशनको तयारि तिब्र गतिले हुने बिश्वास गरिएकोछ।

यसअघि गौतमको प्रयासमा विभाजित एनआरएनएको ततकालिन प्रधानमन्त्री प्रचण्डको रोहबर एकताको सहमतिमा हस्ताक्षर भए पनि पछि बद्रि केसी समुहले सहमति पालन नगरेकाले एकता भाडिएको थियो।

त्यस पछि सर्बोच्च अदालतले बिनोद कुँवरको मुद्धामा फैसला गर्दै सबै पक्ष एकता महाधिबेशन गर्न परमादेश जारि गरेकोछ। सर्बोच्चले नै एकता महाधिबेशनको लागि उच्चसतरीय समिति बनाएको र उक्त समितिले महाधिबेशन मूल आयोजक समिति बनाएकोछ।

विधान समितिको सहसंयोजक, आइसिसीको सचिव, एनसीसी बेल्जियमको अध्यक्ष लगायतका भूमिका निभाई सकेका गौतमले एकीकृत एनआरएन बनाउन सक्रियता देखाउदै आएकाछन्।

Leave A Reply

Your email address will not be published.