फ्रान्सको पेरिसमा बसेको नेपालीहरुको भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको बैदेशिक इकाई ‘स्वतन्त्र नेपाली प्रवासी मंच फ्रान्स’ प्रथम तदर्थ समिति गठन गरेको छ।
रास्वपाका कार्यबाहक शभापति डिपी अर्यालको भर्चुयल उपस्थिति र मंचका बेल्जियम अध्यक्ष कृष्ण दाहाल र अस्ट्रिया अध्यक्ष बिकाश कार्कीको बिशेष उपस्थितिमा भएको भेलाले कविन्द्र कायस्थको संयोजकत्वमा तदर्थ कार्यसमितिको गठन गरेको हो।
कायस्थ प्रमुख रहेको कार्यसमितिको उपप्रमुख टिका अधिकारी र निराजन खड्का हुनुहुन्छा भने सचिवमा सुमित्रा बुर्लाकोटी, उपसचिवमा निलम नेपाल, कोषाध्क्षमा, बिकास गिरी, सदस्यहरु: माधब मरहठ्ठ, सन्ध्या शर्मा, दिपक महर्जन गंगा आचार्य, मुबारक हुसेन, राजन कार्की, सुजन बन्जारा रहनु भएकोछ।
तदर्थ समितिको पहिलो बैठकबाट सल्लाहकारहरु र अन्य बिभाग प्रमुखको मनोनयन गर्ने र केन्द्रिय समितिबाट आधिकारिकता प्राप्त गरेर फ्रान्सको नेपाली समुदायमा पार्टीको सम्पर्क र गतिबिधि गर्ने तदर्थ समितिका प्रमुख कायस्थले जानकारी गराउनु भएकोछ।
फ्रान्समा रहेका रास्वपा समर्थक र सुभेक्छुक सहभागी भेलामा केन्द्रीय सचिब पदम पन्थी , केन्द्रीय सदस्य तोयाराज अधिकारी भर्चुयल एबम स्वतन्त्र नेपाली प्रवासी मंच बेल्जियमका कोषाध्यक्ष अर्जुन घिमिरे, ब्रुसेल्स क्षेत्रिय प्रमुख शिव रेग्मी, ब्रुज क्षेत्रिय प्रमुऱ्ख निरज कुमार पोख्रेल , लुभेन क्षेत्रिय प्रमुख राजेन्द्र कार्की, सल्लाहकारहरु ब्रह्मादत्त वाग्ले, माधव सापकोटा, सुर्य सापकोटा लगायतको उपस्थिति रहेको थियो।
तदर्थ समितिलाई रास्वपा कार्यबाहक शभापति डिपी अर्याल लगायत केन्द्रीय नेताहरु र छिमेकी देशबाट उपस्थित पदाधिकारीहरुले बधाई एबम सफलताको शुभकामना दिनुभएको थियो।