नेपाली व्यवसायी संघ बेल्जियमको सम्पूर्ण कार्यसमितिले बेल्जियम, नेदरल्याण्ड्स, र लक्जमबर्गका लागि नेपालका नवनियुक्त राजदूत सेवा लम्सालसँग संस्थागत भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ।
कार्यक्रमको सुरुवात गर्दै संघका अध्यक्ष चिरन खवासले संघको इतिहास , उद्देश्य, गतिविधिहरू, नेपालमा पर्यटन प्रवर्द्धनमा संघको योगदान नेपाली दूतावाससँगको सहकार्य, संघका अपेक्षाहरू, दूतावासले नेपाली व्यवसायी संघ तथा व्यवसायीहरूसँग गर्न सक्ने सहकार्यका बारेमा राजदुत लम्साललाई जानकारी गराउनुभएको थियो।
युरोपमा नेपाली ब्यबासयीहरुको एकता र सामुहिक पहल आबस्यक भएको महसुस गर्दै, निवर्तमान अध्यक्ष यम निरौलाले २०२३ बाट नेवा बेनेलक्स तथा २०२४ बाट नेवा युरोपको स्थापना गरिएको जानकारी गराउनुभयो।
निर्बतमान महासचिब एबम आमन्त्रित सदस्य मदन दवाडीले ब्यबासयिक सफलताका लागि एकता, सामुहिक लगानी र प्रयत्न आबसय्क हुने बताउदै संघका गतिबिधिबारे प्रकाश पार्नुभएको थियो।
नेपाली ब्यबासयिहरु संगको अन्तरक्रियामा राजदुत लम्सालले सबैसँग भेटघाट गर्न पाउँदा महत्वपूर्ण जानकारी हासिल भएको बताउँदै, कार्यक्रम पूर्वनिर्धारित समयमा सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो। साथै, दूतावासले विगतका वर्षहरूभन्दा अझ सशक्त रूपमा नेपाली व्यवसायी संघसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
करीब दुई घण्टा लामो बैठक तथा अन्तरक्रिया पश्चात, लन्चका क्रममा अनौपचारिक रूपमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको हकहितका विषयमा छलफल भएको थियो।
व्यवसायी विपन गुरुङको सोकुदो रेस्टुरेन्टको ब्यबस्थापनमा भएको अन्तरक्रियाको सञ्चालन संघका सचिव बाबुराम शर्माले गर्नुभएको थियो।