गैर आबासीय संघका पूर्व अध्यक्ष एबम एकता महाधिबेशनका लागि उच्चस्तरीय समितिका संयोजक शेष घलेसंग एनआरएनए बेल्जियमको अन्तरक्रिया

0

गैर आबासीय संघका पूर्व अध्यक्ष एबम एकता महाधिबेशनका लागि उच्चस्तरीय समितिका संयोजक शेष घलेसंग एनआरएनए बेल्जियमले अन्तरक्रिया सम्पन्न गरेकोछ।

घले लगायतका एनआरएन अभियन्ताहरुसंग संघको आगामी महाधिबेशन, संघ भित्रको बिबाद र त्यसको समाधानका लागि भैरहेका प्रयास, सर्बोच्च अदालतको परमादेश र सो अनुसार नेपाल सरकारले गरेको सहजीकरणका बारेमा बेल्जियम, नेदरल्याण्ड, जर्मनी , अस्ट्रिया र लग्जेम्बर्ग युरोपियन देशका एनसीसीका पदाधिकारी एबम सदस्यहरुले छलफल , अन्तरक्रिया र सुझाब प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि रहेका घलेले एनआरएनए भित्र केहि समय देखि भैरहेको बिबाद समाधान गरेर संस्थालाई बैधानिक रुपमा बलियो बनाउने, भावनात्मक एकता कायम गर्ने गरि एकताको महाधिबेशन गर्ने बताउनु भयो।

घलेले आफ्नो व्यापारिक स्वार्थको लागि संस्था कब्जा गर्ने र संस्थाको लागि आफ्नो कमाई दान दिएर गरिब दुखीको सेवा गर्ने बिचको बिबादनै एनआरएनए भित्रको मूल बिबाद हो भन्दै संस्थाको मूल मर्म बुझेर एकता अभियानलाई साथ दिन अनुरोध गर्नु भयो।

युरोपियन देशको भ्रमणमा रहेका घलेले बिभिन्न देशका नेपालीहरु संग एकता महाधिबेशनका बारेमा छलफल गर्ने क्रममा बेल्जियम लगायत छिमेकी देशका एनआरएन अभियन्ताहरुसंग अन्तरक्रिया गंर्नु भएकोछ।

कार्यक्रममा एनआरएन अभियन्ताहरु कुल आचार्य, आरके शर्मा , दिल गुरुङ, लोक दाहाल, जानकी गुरुङ , बिनोद कुवर, नारायण आचार्य, गंगाधर गौतम, चित्र सुबेदी, शशि पौडेल, थर्क सेन, लगायतले बर्तमान अबस्थामा विदेशमा रहेका नेपालीका हरेक समस्याका लागि लड्न सक्ने संस्थाको गरिमा हासिल गरेका एनआरएनए लाई कुनै पनि हालतमा बिबाद फसाउने कार्य गलत हो भन्दै गल्ति कमजोरी सच्याएर एनआरएनको हितमा काम गर्ने गरि संस्थालाई एकताबद्ध बनाउन आग्रह गरे।

त्यसै गरि एनसीसी जर्मनी अध्यक्ष निनम्मा राई , सबु पौडेल महासचिब नेदरल्याण्ड, बिकास कार्की अस्ट्रिया, लगायत राजेन्द्र सापकोटा, सालिक गौतम, मिम पुर्जा मदन दवाडी, बिजय मोक्तान, प्रेम गुरुङ, मनिस गुरुङ, नेत्र मगर, सिजन दाहाल, सावित्रi गिरी लगायतले एनसीसीलाइ केन्द्रको बिबादले पारेको प्रभाब, संस्थाको कानुनि हैसियत; महाधिबेशनका लागि नाम दर्ता सदस्यताको लागि बैधानिकता, एकता महाधिबेशनका लागि बिबादित पक्षलाई एकताको सुझाब सहित जिज्ञाशा राख्नु भएको थियो।

उपस्थित सबै जनाले सस्न्थाको गरिमा व्यक्तिगत स्वार्थका लागि दुरुपयोग नगर्न र दुई दशक देखि लाखौ नेपालीको परिश्रम र भावना अनि आशा भरोशा रहेको संस्थालाई बिबादित बनाएर देश विदेशमा रहेका नेपालीको चित्त दुखाउने अधिकार कसैलाई नभएको बताएका थिए।

एनआरएनए बेल्जियमकि अध्यक्ष सिता सापकोटाले संस्था संकटमा परेको बेला कार्यक्रममा सहभागी भएर खुल्ला विचार विमर्श गरि सुझाब सल्लाह दिनु भएकोमा सबैलाई धन्यबाद दिदै एकताको बिकल्प नभएकोले एकताका लागि दबाब दिन अनुरोध गर्नु भयो।

एनआरएनए बेल्जियमका उपमहासचिब राजेन्द्र कार्कीले सहजीकरण गर्नु भएको कार्यक्रममा उपस्थित अतिथिहरुलाई उपाध्यक्ष कासी दनैले स्वागत गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.