गैर आबासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले बेल्जियम आउदै,

0

एनआरएनएका पूर्व अध्यक्ष एबम एकता महाधिबेशनका लागि उच्चस्तरीय समितिका संयोजक शेष घले बेल्जियम आउने हुनु भएकोछ ।

गैर आबासीय नेपाली संघको बिगतका अधिबेशन बिबादित भएर कानुनी झमेलामा परे पछि संसार भरी रहेका एनआरएनहरु अन्योल परेकाले त्यसबारेमा छलफल र अन्तरकृया गर्ने उद्यस्यले घले मध्यपुर्ब र युरोपको भ्रमणका क्रममा बेल्जियम आउन लाग्नु भएको हो ।

एकता महाधिबेशन सर्बोच्च अदालतको आदेश पुरा गर्ने विषय मात्रै नभएर दीगो तथा प्रजातान्त्रिक संस्था निर्माण गर्नका लागि दरिलो ढांचा बनाउन बिभिन्न देशमा रहेका एनआरएहरु सँग अन्तरक्रिया छलफल गरेर सुझाब लिने र सोही अनुसार महाधिबेशन सम्पन्न गर्ने गरी युरोप आउन लागेको घलेले बताउनु भएकोछ ।

” एकताका लागि विश्वभर रहेका गैर आवासीय नेपाली हरूको सुझाव लिएर सबैको भावना लाई समेटेर संगठनलाई गतिशील बनाउने जिम्मेवारी पुरा गर्न, युरोपका एनआरएन साथीहरुको सल्लाह र सुझाबको  बिशेष महत्व हुने आशा लिएको छु ” घलेको भनाई छ ।

गैर आबसीय नेपाली संघ बेल्जियमले मार्च २४ सोमबार लुभेनमा घलेसँग अन्तरकृया कार्यक्रम तय गरेकोछ ।

कार्यक्रमको तयारि पुरा भएको र केन्द्र्को बिबादले बेल्जियममा पनि अन्योल रहेको हुदा त्यस बारेमा खुला छलफल गरेर आगामी दिशा  तय गरिने र संस्थाका पूर्व अध्यक्षलाई स्वागत र सम्मान गर्नका लागि अन्तरक्रिया कार्यक्रम राखिएको गैर आबसीय नेपाली संघ बेल्जियम  अध्यक्ष सीता सापकोटाले बताउनु भएकोछ ।

लामो समयदेखि विवादमा अल्झिएको एनआरएनएलाई लोकतान्त्रिकरण गरेर सर्ब स्विकार्य नेत्रित्व चयन गर्ने अपूर्व अवसर एकताको महाधिबेशन हुने र त्यसले मात्र संस्थालाई गतिशिल बनाउन सक्ने बिदेशमा बस्ने धेरै नेपालीको बुझाई रहेकोछ ।

Leave A Reply

Your email address will not be published.