बेल्जियममा सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ । पासापुंच बेल्जियमको आयोजनामा भएको सामुहिक ब्रतबन्धमा ७ जना युबकले दीक्षा ग्रहण गरेका छन ।
बैदिक सनातन परम्परा अनुसार , रेहान कर्माचार्य, पहल जोशी, पास्कल जोशी, उत्कर्ष कर्माचार्य, रोहन प्रधान , रोशन प्रधान र प्रन्जल श्रेष्ठलाई पण्डित बिदुर अधिकारीले गायत्री दीक्षा दिनु भएको छ ।
बिधि पुर्बक मामाहरुले कपाल मुण्डन गरेर सुरु भएको ब्रतबन्धमा युवाहरु भिक्षा दान, हबन पुजन गरेर गुरुले दीक्षा र आफन्त, अग्रजहरुले आशिर्बाद दिएर उनीहरुको प्रौढ जीबन सफलताको कामना गरेका थिए ।
प्रवासमा जन्मे हुर्केका युबाहरुलाई आफ्नो संस्कृति र संस्कारको अनुभब गराउन र त्यस लाई पालना गर्न प्रोत्शाहित गर्नका लागि पासापुंच बेल्जियमले सामुहिक ब्रतबन्ध आयोजना गरेको कार्यक्रम संयोजक एबम संस्था कि बरिष्ठ उपाध्यक्ष मुना ताम्राकारले बताउनु भएकोछ । पासापुंचको तर्फबाट पनि युबकहरुलाई कोशेली र आशिर्बाद दिएको थियो ।
पासपुंच बेल्जियमले कार्यक्रम सफल बनाउन सहयोग गर्ने र सहभागी हुने सबैलाई धन्यबाद दिएकोछ ।