समानता र सशक्तिकरण एबम महिला मैत्री निती नियम र व्यबहार आबस्यक भएकोले त्यस तर्फ कदम चाल्न प्रवासका संघ संस्था एबम नेपाल सरकारलाई एनआरएनए बेल्जियमले अह्वान गरेकोछ ।
११५ औ महिला दिवसको अबसरमा आयोजित बिशेष कार्यक्रममा एनआरएनए बेल्जियमले प्रवासमा महिलाको अवस्था सुधार गर्न र नेपालका अति पिछडिएका ग्रामीण महिलाहरुलाई सशक्तिकरणका लागि कसरी सहयोग गर्ने भनेर मन्तब्य र शुभकामना ब्यक्त गरिएको हो ।
सोही कार्यक्रममा बेनेलक्सका लागि नबनियुक्त नेपाली राजदुत सेवा लम्साललाई एनआरएनए बेल्जियम लगायतका नेपाली संघ संस्थाहरुद्वारा स्वागत र सम्मान गरियो ।
कार्यक्रमकी प्रमुख अतिथि राजदुत लम्साल र बिशेष अतिथि एनआरएनए अध्यक्ष सीता सापकोटाले पानसमा दीप प्रज्वलन गरी राष्ट्रिय गीत बजाउदै सुरु भएको अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा एकै डिजाइन र रङ्गको पहिलो सारीमा सजिएका महिला दिदिबहिनीहरुको उपस्थितिले कार्यक्रम हल आकर्षक देखिएको थियो ।
बेल्जियम आगमन पछिको पहिलो सार्वजनिक कार्यक्रमलाई शुभकामना दिदै राजदुत लम्सालले शोषित पीडित महिलाहरुलाई जागरुक बनाएर समाजलाई व्यबस्थित र बिकसित बनाउन महिला अधिकारकर्मीहरुले खेलेको भूमिकाको सम्मान गरेर आगामी दिनमा हाम्रो पुस्ताले पनि गर्दै सिक्दै जानु पर्छ भन्नु भयो ।
राजदुतको रुपमा बेल्जियमको नेपाली समुदाय सङ्ग सहकार्य गरेर नेपालको र यहाँको नेपाली समुदायको हितमा काम गर्न आफु उत्शुक र प्रतिबद्ध रहेको लम्सालले बताउनु भयो ।
एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले प्रवासका महिलाहरुका आ-आफ्नै समस्या भए पनि समाधानका लागि सामुहिक प्रयास आबस्यक छ र त्यसका एनआरएनए जस्ता संस्थाहरुमा महिला नेत्रित्वको बिकास हुन आबस्यक छ भन्नु भयो । नेपाली महिलाहरुको उथ्थानका लागि सक्षम महिलाहरुले सकेको सहयोग गरौ भन्नु भयो ।
एनआरएनए बेल्जियमका पूर्व महिला संयोजक सुशिला खतिडाले संचालन गर्नु भएको कार्यक्रम एनआरएनए बेल्जियमका महिला उपाध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको थियो ।
संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, पुर्व अध्यक्ष प्रेम गुरुंग, पुर्व अध्यक्ष लोक दाहाल, पुर्व अध्यक्ष चित्र सुवेदी, पुर्व केन्द्रीय महिला संयोजक रजनी प्रधान, लीला शर्मा मानन्धर, आईसिसी सदस्य हरी भट्टराई, भिम सुवेदी, लुभेन नगर परिषद सदस्य सुर्य ढकाल, ब्रुज नगर परिषद सदस्य प्रज्ञा तिमील्सिना, लगायत बिभिन्न संघ संस्थाका अध्यक्ष एबम प्रतिनिधिहरुले कार्यक्रम सफलताको र महिला दिदीबहिनीहरुलाई महिला दिवसको शुभकामना दिनुभएको थियो ।