नेपाली ब्यबसायी संघ बेल्जियमले बेल्जियमको नयाँ कर प्रणाली र ब्याबसायिक दायित्व एबम सामाजिक सुरक्षा र बिमा सम्बन्धी तालिम सम्पन्न गरेकोछ । लेखा प्रणालि सम्बन्धी बेल्जियन कम्पनी ‘इजी पे’ ले सामाजिक सुरक्षा र कर प्रणाली बारे, बिमा कम्पनी ‘पेएनभे’ ले बिमा सम्बन्धी तालिम दिएका थिए ।
२० जना नयाँ सहित ६० जना ब्यबसायिहरुलाई इजी पे का कर कानुन बिज्ञ काती केर्क होफ्स र पेएनभे का बरीष्ठ प्रबन्धक सिन्डी पुन्दरले कर (Tax) र सामाजिक सुरक्षा (Social Security) सम्बन्धी नयाँ नियमहरू Verzekering (बीमा), व्यवसाय सञ्चालनमा अनिवार्य कानुनी प्रक्रिया, रोजगार सम्झौता (Contract), कर छुट, अनिवार्य शुल्क र भुक्तानी, व्यवसायी तथा कामदारका अधिकार र कर्तव्य बारे प्रशिक्षण दिनु भएको थियो ।
तालिमको अन्त्यमा ब्यबसायिहरुले आफुले ब्यहोरी रहेका समस्याका बारेमा प्रशिक्षकहरु सँग सहज र व्याबहारिक समाधान कसरी गर्ने भनेर अन्तरकृया गर्नु भएको थियो ।
बेल्जियममा एरिजोना गठबन्धनको नयाँ सरकार बने संगै कर , सामाजिक सुरक्षा , पेन्सन लगायतका क्षेत्रमा नयाँ नियमहरु लागु गरेको, प्रचलित नियम बारे पनि नयाँ ब्यबसायीलाई जानकारीको अभाबमा थुप्रै समस्या देस्खिएकोले कार्यक्रमको आयोजना गरिएको नेपाली ब्यबसायी संघका अध्यक्ष चिरन कुमार खवासले बताउनु भएकोछ ।
तालिममा सहभागि ब्यबसायिहरुले तालिमबाट थुप्रै नयाँ कुरा सिकिएको, आफुले कम्पनीको लेखा प्रणालीलाई पनि नयाँ तरिकाले गर्न सकिने टिप्स प्राप्त भएको र सामुहिक प्रयासमा धेरै लाभदायक काम गर्न सकिने रहेछ भन्ने ज्ञान भएकोले तालिमबाट उतसाहित भएको प्रतिकृया दिनु भएकोछ ।
नेपाली ब्यबसायी संघ बेल्जियमले आफ्ना सदस्यहरुका लागि आबस्यक जानकारी, तालिम र सामुहिक फाईदाका लागि सम्बद्ध्न कम्पनीहरु सँग लबिङ गरेर संस्थागत प्रयत्न गर्दै आएको र सोही अनुसार एन्तवेरपेनमा तालिम आयोजना गरिएको संघका उपाध्यक्ष एबम कार्यक्रम सन्योजक कासी दनैले बताउनु भएकोछ । कार्यक्रम सहभागि सदस्यहरुको उत्साह जनक सहभागिताले आगामी दिनमा थप कार्ययोजना बनाउन सहयोग पुगेको दनैको भनाइछ ।
कार्यक्रमको सहजिकरण संघकी सचिब रिचा गरुङले गर्नु भएको थियो ।
प्रशिक्षकहरुलाई संस्थाको तर्फबाट अध्यक्ष खवास र संयोजक दनैले मायाको चिनो प्रदान गर्नु भएको थियो । होटेल क्राउन प्लाजामा भएको कार्यक्रममा एनतवेरपेन लुभेन गेन्ट ब्रुसेल लगायतका शहरमा ब्यवसाय भएका नेपाली ब्यबसायिहरुको सहभागिता रहेको थियो ।
नेपाली ब्यबसायिहरु मेहनती र इमान्दार भएको र नेपाली ब्यबसायि संघ मार्फत तालिममा सहकार्य गर्न पाउदा खुशी लागेका इजी पे का म्यानेजर रुल बाएन्स र पेएनभेका ग्यी माह्युले बताउनु भएकोछ ।