आगामी १५ मार्चमा हुने लुभेन कार्नेभालमा नेपाली सांस्कृतिक झांकी देखाइने भएकोछ ।
युरो नेपाल कलाकार संघ (एना) ले सन्योजन र ब्य्बस्थापन गरेको नेपाली झांकी प्रदर्शनीमा बेल्जियममा सकृय नेपाली जातीय संघ संस्थाहरुले पनि सहभागिता जनाउनेछन । कार्नाभाल् परेडका लागि एना बेल्जियम दर्ता भैसकेकोछ ।
१५ तारिख दिउसो दुई बजेबाट सुरु हुने परेडमा नेपाली सांस्कृतिक झांकी र साँझ Zaal Rijschool मा नेपाली सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ ।
एनाका अध्यक्ष बलराम पुनले नेपाली समुदायको तर्फबाट पहिलो पटक सहभागिता जनाउन लागिएको यो बिशेष महत्वको पर्बमा सबै नेपाली समुदायको सहयोग भएमा नेपाली कला संस्कृतिको प्रबर्धनमा टेवा पुग्ने हुनाले सबैको सहयोगको लागि अनुरोध गर्नुभएकोछ ।
संसार भरि मनाइने कार्नाभालको ऐतिहासिक र धार्मिक सांस्कृतिक महत्व रहेको र त्यस अबसरमा खुला सडकमा नेपाली पञ्चे बाजा सहित नाच गान गरेर त्यसबारे जागरण फैल्याउन सकेमा नेपालमा पर्यटन प्रबर्धन गर्न र यहाँको नेपाली समाजको पहिचान बढाउन सकिने एनाका बरिस्ठ उपाध्यक्ष जिमी गुरुङको भनाइ रहेकोछ ।
युरोपियन मुलुक ग्रिसबाट सुरु भएको मानिने कार्नाभाल रोम सम्राज्य हुँदै अमेरिका, अस्ट्रेलिया सम्म पुगेको मानिन्छ । ब्राजिलको रियो द जेनेरियो कार्नाभाल (जसमा हरेक दिन २० लाख मानिसले भाग लिन्छन) विश्वकै ठुलो उत्सब मानिन्छ ।
युरोपका बिभिन्न शहरले आयोजना गर्ने कार्नाभाल मध्य लुभेनको कर्नाभाल बिशेष मानिन्छ । विश्वबिद्यालयको शहर भनेर चिनिने लुभेन कार्नाभाल हेर्न बेल्जियम लगायत युरोपका अन्य देशबाट समेत मानिसहरु आउने गरेकाछन ।