गैर आबासीय नेपाली संघ बेल्जियमले हालै नेपाल सरकारले जारी गरेको अध्यादेशमा गैर अबासीय नेपाली नागरिकता बाहक ब्यक्तिलाई १० बर्षे भिषा को ब्यबस्था गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएकोछ ।
एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको मुल मन्त्र र नेपालको संबिधान बिपरित भएकोले आम एनआरएनको चाहना अनुसार निर्णय सच्याउन आग्रह गरिएकोछ ।
राजनितिक बाहेकका सबै अधिकार दिने ब्यबस्था सम्बिधानले नै गरी सकेकोमा त्यस बर्खिलाप हुने गरी आएको अध्यादेशले एनआरएनको अबमुल्यन गरेको र दुखी बनाएकोछ ।
बिज्ञप्तिमा अगाडि भनिएको निस्वार्थ देशको सेवा गर्ने, ज्ञान र पुजीको लगानी गर्ने, आगामी पुस्तालाई नेपाल सँग जोड्ने अभियानमा आघात पुग्नेछ भनिएकोछ ।
एनआरएन बेल्जियमका अध्यक्ष सीता सापकोटा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा आगामी संसद अधिबेशनबाट उक्त निर्णय सच्याउन र बंशज नेपाली नागरिकताको निरन्तरताका लागि कानुन बनाउन अपिल गरिएकोछ ।