नेपाली जन संपर्क समिति साइप्रसले नेपालका प्रथम जननिर्बाचित प्रधानमान्त्री बिपी कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलापको मर्म अनुसार देश चले शान्ती र सम्ब्रिद्धी छिट्टै हुनेछ भन्दै राष्ट्रिय मेलमिलाप दिवस मनाएकोछ ।
समितिले औपचारिक कार्यक्रम भन्दा फरक काठमान्डौ गोल्फुटारमा रहेको जेष्ठ नागरिकहरु बस्ने रिमा सेवा समाजलाई आर्थिक सहयोग गरेर बिपी कोइरालालाई स्मरण गरेकोछ ।
मेलमिलाप दिवसलाई उत्सब मात्र बनाउनु भन्दा बिपी कोइरालाको नीती, सिद्धान्त र मान्यता अनुसार उहाले देखाएको बाटोमा हिंडेका छौ छैनौ भनेर देश बिदेशमा रहेका बिपिका अनुयायिहरुले स्वमुल्याङ्कन गर्दै आफु भन्दा देशलाई सर्बोपरी राखेर राजनीती गर्न नेजसस साइप्रसले अनुरोध गरेकोछ ।
मेलमिलापको नीतिको सान्दर्भिकता आज अझ बढीरहेकोछ । प्रजातन्त्रको लडाइँमा विपिको लामो राजनैतीक आरोह अबरोहको द्रिष्टान्त बनेको राष्ट्रिय एकताको पालना गर्न अनुरोध गर्दै सवैलाई विपिको मर्म अनुसारको कर्म गर्ने प्रेरणा मिलोस नेजसस साइप्रसले राष्ट्रिय मेलमिलाप दिवसको शुभकामना सन्देशमा भनेकोछ ।
समितिका सभापति पुष्पा मिश्रका अनुसार समितिका सल्लाहकार सीता अर्याल, उपसभापती कर्चुङ होल्म्यो लामा, पेम्बा होल्म्यो लामा, महामन्त्री लक्ष्मी काफ्ले, सदस्यहरु सिमाना लिम्बु थोमस थापा कारीस्मा मगर,दिक्षा कार्की मन्जु गिरी लगायतले गरेको आर्थिक सहयोगबाट जेष्ठ नागरिकलाई सहयोग गरिएको हो ।
आगामी दिनमा पनि यस्तै सामाजिक र परोपकारी कामलाई निरन्तरता दिने नेजसस साइप्रसको कार्ययोजना रहेको सभापति मिश्रले बताउनु भएकोछ ।