एनआरएनलाई १० बर्षे भिषाको ब्यबस्था गरिएको अध्यादेशको नेपाली जन प्रगतिशिल मंच युरोपको बिरोध, निर्णय सच्याउन माग,
नेपाल सरकारले जारी गरेको नेपाल कानुन संसोधन बिद्ययकमा गैर आबासीय नेपालीलाई १० बर्षे निशुल्क भिषा दिने ब्यबस्था गरेको निर्णयमा असहमती जनाउदै नेपाली जन प्रगतिशिल मंच युरोपले बिरोध जनाएकोछ ।
आज एक बिज्ञप्ती जारी गर्दै मंचले नेपालको संविधानमा ब्यबस्था भएको गैर आवासीय नेपालीहरूलाई राजनीतिक अधिकार बाहेक अन्य अधिकार प्रदान गर्ने गरी संबैधानिक रुपमा नेपाली नागरिक स्वीकार गरिसकेकोमा संबैधानिक ब्यबस्था विपरित हुने गरि १० बर्ष निशुल्क भिषा दिने गरी अध्यादेश जारी गरेकोमा बिरोध गरिएकोछ ।
भुमन्डलीय यथार्थ र आधुनिक सामाजिक परिबेश बिपरित बंशजको अधिकार प्राप्त नागरिकलाई बिदेशी नागरिक झै भिषाको ब्यबस्था गर्नु नेपाल सरकारको गलत निर्णय हो भन्दै मंचका अध्यक्ष चित्र सुबेदी र महासचिब धर्म खतिवडा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा अध्यादेश खारेज गरेर निर्णय सच्याउन आग्रह गरिएकोछ ।
नेपाली जन प्रगतिशिल मंच युरोपको बिज्ञप्ती….