संबिधानत नेपाली नागरिकता ऎन अनुसार गैर आवासीय नेपालीले पनि राजनीतिक अधिकार बाहेकको गैर आवासीय नागरिकता पाउने व्यवस्था छ । करिब तीन हजारको संख्यामा नागरिकता वितरण पश्चात पनि फेरि गैर आवासीय नेपाली नागरिकता प्राप्त नागरिकलाई निशुल्क भिषा दिने कुरा आँफैमा विरोधाभासपूर्ण छ ।
हामी प्रबासी नेपालीको बिगत देखिको माग दोहोरो नागरिकता, सम्पतिको सुरक्षा र हामी पछिको पुस्तालाई नेपाल सँग भावनात्मक एबं भौतिक रुपमा जोडी राख्ने भन्ने महत्वपुर्ण सबाल हो र यस अभियानमा हामी विवाद रहित तरिकाले एकढिक्का हुन आबस्यकछ । एक्ताबद्ध आवाजमा हाम्रा माग राखेको खण्डमा राज्यबाट माग सम्बोधन होलान, अन्यथा अंगिकृत नागरिकताबाट बंशज नागरिकता प्राप्ति सम्बन्धी निर्णय हुँदा पनि गैर आवासीय नेपाली नागरिकता सम्बन्धी संबिधानमा प्राप्त अधिकार कार्यन्वयनमा समेत किन यसरी चलखेल भईरहेकोछ ?
एकातिर हाम्रो माग बंशजको नागरिकताको निरन्तरताको लागि गैरआवासीय नेपाली नागरिकता एउटा टेक्ने हाँगोको रुपमा बुझ्ने अर्कोतर्फ सरकारको बोलि र गैर आवासीय नेपालीलाई गर्ने व्यवहारमा फरक देखिदै गएको छ ।
हिजोको दिनमा हामी एक पक्ष सरकारको कान भर्ने अर्को पक्ष सरकार सँग जोरी खोज्दै अड्डा अदालत धाउने र अन्य देशमा पनि एनआरएनए दर्ता गरेर देखाइदिन्छौ भन्ने जस्ता धम्किपूर्ण भाषण गर्दै हिडेर आँफैलाई कमजोर बनाएको परीणाम आजको अवस्था हो ।
हामी अवसरको लागी विदेश पस्दै गर्दा हाम्रा बाध्यता अर्कै थिए हामीले दुखका साथ गुजारेका हाम्रा बिगत पक्कै पनि हामी हाम्रो परिवारको उज्ज्वल भविष्यको लागि थियो । देशमा विभिन्न व्यवस्था हरु परिबर्तन हुदै गर्दा पनि हाम्रा समस्याहरु उही प्रकृतिका छन र हामी डायस्पोराका नेपालीहरु पनि त्यो समस्याबाट अछुतो रहन सक्दैनौं । फेरि हामी १/२ प्रतिशत गैर आवासीय नेपालीहरुको सफलताले करिब ६० लाख नेपालीको सफलता मापन गर्न सकिदैन ।
हाम्रो सन्तानहरु नै बिदेशी भुमिमा हुर्कदै गर्दा हामी हाम्रो भाषा कला संस्कृतिको जगेर्ना साथै हाम्रो नयाँ पुस्तालाई गैर आवासीय नेपालीका साझा समस्याहरुको समाधानमा हामी संगठनात्मक रुपमा नै हल गर्न गैर आवासीय नेपाली अभियानमा पनि हजुर हामी लगायत सम्पूर्ण नेपालीहरुको अझ अग्रसरता र एकताको आवश्यकता छ । यो आवश्यकतालाई पुरा गर्न हामी सबै आफ्नो क्षेत्रबाट लाग्ने छौँ भन्ने विश्वास आम गैर आवासीय नेपालीलाई दिलाउनु यसका अभियन्ताहरुको दायित्व हो । यस दायित्वबाट भागेर हामीले नेतृत्वको लागि मात्र दौड धूप गर्दाको परिणाम हो नागरिकता प्राप्ति पछि पनि गैर आवासीय नेपालीको लागि निशुल्क भिषाको ललिपप ।
हामी बिचको विवादले हाम्रा मुद्दा कमजोर हुनु भनेको आगामी पुस्तालाई धोका दिनु हो । हाम्रो एकतालाई हामी सबैले शक्तिको रुपमा लिएर आगामी दिनमा गैर आवासीय नेपालीका साझा समस्याको बारेमा चिन्तन मनन गरौँ अनि मात्र त्यसले सार्थकता पाउने छ । देशमा परिबर्तित राजनैतिक समस्याले हाम्रा अग्रजले धेरै समयबाट उठान गरि करिब करिब कार्यान्वयनको चरणमा पुगेको गैर आबसिय नेपाली नागरिकताको के हुने, हाम्रा कति अधिकार सुरक्षित हुने र बाकी प्राप्त हुनुपर्ने र हुन सक्ने बिषयमा बहस र छलफल एनआरएनए ले गर्नु पर्छ ।
राजनैतिक रुपमा बलियो सरकार बनेको बेलामा समेत हाम्रा अधिकारमा अंकुश लगाउने गरि आएको भनिएको अध्यादेशको गहन अध्ययन गरि हाम्रो एउटा धारणा बनाउन जरुरी देखिन्छ । अहिलेको समयमा हाम्रा मुद्दा र माग सम्बोधनको लागि कुटनीतिक तवरले अझै जोडबल गर्नु पर्ने अवस्था छ । आफ्नो आफ्नो गुटको फाईदा हेर्दै रमाउदै एकअर्कालाई हिलो छ्याप्ने परिपाटीले हामी हामी झन् कमजोर भैरहेका छौ । बिभाजनको सिधा असर हाम्रो सामुहिक समस्याको समाधानमा परेकोछ ।
सबै नीतिहरुको नीति राजनीति नै हो, देशमा राजनीतिक स्थायित्व भयो भने हाम्रा माग चाडो सम्बोधन हुने हुन । हामी हाम्रा मुद्दाको बारेमा एकजुट हौँ ताकी हामी पछिको पुस्ता नेपालबाट टाढा नबनोस । पक्कै पनि हामी सम्पूर्ण अभियन्ताहरु यस अभियानमा एकढिक्का भएर बिगतका तिता मिठा कुरा भुलेर सकिन्छ फुटेको गैर आवासीय नेपाली संघलाई एकढिक्का बनाऊ, यदि तत्काल सम्भब एकता सम्भब नभए कार्यगत एकताको लागि एउटा सन्यत्र बनाएर सम्पूर्ण प्रवासी नेपालीको एकिक्रित र ठोस धारणा बनाई हाम्रा मागको सुनुवाईको लागि पहल गरौँ ।