एनआरएनए लग्जेम्बर्गले गर्‍यो नेपाल र लग्जेम्बर्गका काउन्सिलरहरु सँग अन्तरकृया र सम्मान,

0

एनआरएनए लग्जेम्बर्गले नेपालका लागि लग्जेम्बर्गका काउन्सिलर श्रीराम लामिछानेलाई स्वागत तथा सम्मान गरेकोछ । लक्जेम्बर्ग सरकारको औपचारिक निमन्त्रणामा गत हप्ता लग्जेम्बर्ग आएका लामिछानेलाई त्यहाको नेपाली समुदायको तर्फबाट एनआरएनएले रात्रीभोज सहित सम्मान गरेको हो । उक्त अबसरमा लग्जेमबर्गका लागि नेपालका काउन्सिलर फ्रास्वा प्रुमलाई पनि सम्मान गरिएकोछ ।

कार्यक्रममा गैर-आवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गका कार्यसमिति सदस्यहरू, नेपाली व्यावसायिक प्रतिनिधिहरू, र स्थानीय प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो ।
रात्रोभोजमा नेपाली समुदायले आफ्ना समस्या र अनुभबका बारेमा काउन्सिलर लामिछाने र लक्जेम्बर्गका लागि नेपालका काउन्सिलर  प्रुमसँग अन्तर्कृया गरेका थिए । दुबै कुटनितिज्ञले नेपाल र लक्जेम्बर्गबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा दुई राष्ट्रबीचको सांस्कृतिक, आर्थिक, र कूटनीतिक सम्बन्धलाई अझ बलियो बनाउने विषयमा महत्वपूर्ण छलफल भएका थिए ।

एनआरएनए लक्जेम्बर्गका महासचिव बालहरी राईले लामिछाने र प्रोम दुवैलाई केही महत्वपूर्ण मुद्दाहरू नेपाल सरकारसमक्ष उठाउन आग्रह गर्नुभयो। नेपालको शैक्षिक प्रमाणपत्रहरूलाई लक्जेम्बर्गमा इक्विभ्यालेन्स (समानता) प्रदान गर्न आवश्यक कानुनी र प्रशासनिक कदमहरू चाँडो चाल्नुपर्ने विषयमा जोड दिनुभयो।

साथै, नेपालको ड्राइभिङ लाइसेन्सलाई लक्जेम्बर्गमा मान्यता दिने र त्यहाँका लाइसेन्सधारीहरूलाई नेपालमा सवारी साधन चलाउन अनुमति दिने समझदारी निर्माण गर्न अनुरोध गरियो।

कार्यक्रममा उपस्थित नेपाली ब्यबसायिहरुले आफ्ना व्यापारिक चुनौतीहरू प्रस्तुत गर्दै, लक्जेम्बर्गमा नेपाली व्यवसायहरूको प्रवर्द्धन र विस्तारका लागि आवश्यक सहुलियतबारे सुझाव राखे। उनीहरूले लक्जेम्बर्गमा रहेका नेपाली व्यवसायीहरूलाई थप सहयोग पुर्याउन नेपाल सरकार र लक्जेम्बर्ग सरकारबीच आर्थिक सम्झौता र सहकार्यलाई बलियो बनाउन अनुरोध गरे।

सहभागिहरुले नेपाल-लक्जेम्बर्ग सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, व्यापारिक सम्बन्ध, र कूटनीतिक सहकार्यलाई अझ सशक्त बनाउन आवश्यक विषयहरूमा आफ्नो धारणा राखे। सहभागीहरूले यस अवसरमा भविष्यमा दुवै देशबीच आपसी सहकार्यको नयाँ ढोका खोल्नका लागि थप सम्झौताहरूमा हस्ताक्षर गर्ने आवश्यकतामा जोड दिए।

लक्जेम्बर्गका नेपाली समुदायले उठाएका मुद्दाहरू नेपाल सरकार, लग्ज़मबर्ग सरकार समक्ष पुर्‍याउन प्रतिबद्धता ब्यक्त गर्दै काउन्सिलरहरुले दुई राष्ट्रबीचको सम्बन्धलाई थप सबल र स्थायी बनाउन नेपाल सरकार तयारी अवस्थामा रहेकोले भविष्यका अवसरहरूको भरपूर उपयोग गर्न आग्रह गर्नुभयो।

उक्त रात्रिभोजले लक्जेम्बर्गमा रहेका नेपाली समुदाय, स्थानीय व्यवसायीहरूबीच आपसी सम्बन्ध र सहयोगलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। नेपाली समुदायका लागि यो कार्यक्रम अत्यन्तै फलदायी रह्यो, जसले नेपाल-लक्जेम्बर्ग सम्बन्धलाई अझ बलियो बनाउन थप प्रेरणा दिएको उपस्थित नेपालीहरुको भनाईछ ।

लक्जेम्बर्गको नेपाली समुदाय र स्थानीय साझेदारहरूले यस अवसरलाई नेपाली संस्कृति, परम्परा, र कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन्।

सोही अबसरमा यही ५ अक्टोबरमा हुने नेपाली फेस्टिवलको बारेमा जानकारी दिदै काउन्सिलरहरूले लक्जेम्बर्ग बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी तथा आमाबुवाहरुलाई उपस्थित भइदिनुहुनको लागि अनुरोध गर्नुभयो,

एसिप्याटी ECPAT द्वारा आयोजित यो महोत्सव लक्जेम्बर्गको विदेश र यूरोपेली मामिलाका मन्त्रालयको सह-वित्तीय सहयोगमा, नेपालमा काम गर्ने विभिन्न लक्जेम्बर्गी एनजिओहरूको आयोजनामा  ५ अक्टोबरमा, २७६ Rue de Rollingergrund, २४४१ मा
दिउँसो १२:०० देखि ५:०० सम्म हुँदैछ ।

Leave A Reply

Your email address will not be published.