एनआरएनए बेल्जियमलाई बेल्जियमबासीको सुझाब, साझा संगठन बन,

0

एनआरएनए बेल्जियमले नेपाली दुतावास, पत्रकार र संघ संस्थासँग गरेको अन्तर्कृयामा एनआरएनए बेल्जियमले बेल्जियमको नेपाली समुदायको साझा एजेन्डा समाधान गर्न पहलकदमी लिनु पर्ने सहभागिहरुले बताएकाछन ।

सोमबार लुभेनमा आयोजित बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी सहित बेल्जियममा सकृय पत्रकार, संघ संस्थाका पदाधिकारीहरु सहभागि हुनु भएको अन्तर्कृयामा अन्तर संस्था सम्बन्ध बलियो बनाउने र सार्वजनिक शभाहरु ब्यबस्थित र मर्यादित बनाउन प्रतिबद्धता जाहेर गरिएकोछ ।

एनआरएनए बेल्जियमका उपाध्यक्ष कासी दनैले प्रस्तुत गर्नु भएको बिभिन्न ६ वटा बुदा माथि भएको छलफलमा सहभागिहरुले आ-आफ्ना सुझाब राख्नु भएको थियो । अन्तर संस्था सम्बन्ध बिस्तार, नेपाल सांस्कृतिक घर निर्माण , एनआरएनए सँग गरिएका अपेक्षा र सुझाब, नेपाली समुदाय लक्षित घर चोरि नियन्त्रण, संघ संस्थाका वार्षिक कार्यक्रम बारे डिजिटल क्यालेन्डर प्रकाशन र सार्वजनिक कार्यक्रमलाई एजेन्डा केन्द्रित बनाउने बिषयमा ब्यापक छलफल भएको थियो ।

सामुदायिक अभियानमा संलग्न संघसंस्थाहरुमा एकापसमा हार्दिकता, सम्मान र पारदर्शिता भएमा परीणाममुखी सामाजिक अभियान संचालन गर्न सकिन्छ त्यसका लागि सार्वजनिक कार्यक्रमहरु सार्वजनिक हितमा आधारित बनाइनु पर्ने बताइयो ।

परम्परागत तरिकाले सार्वजनिक कार्यक्रमहरु गर्दा समाजले प्रतिफल पाउन नसकेको र जन सहभागिता हुन छोडेको, नयाँ पुस्ताले सामाजिक कार्यक्रम र त्यसका संचालकहरुलाई घ्रिणा गर्न थालेकोले अब सबै सस्न्थाले छिट्टो र छरितो र एजेन्डा केन्द्रित कार्यक्रम हुनु पर्ने धेरै सहभागिको सुझाब रह्यो ।

संघ संस्थाका कार्यक्रम नजुधाउने, संस्थाका कार्यक्रमहरु सबैको अपनत्व हुने गरी र सबैको सहभागिता हुने गरी आयोजना गर्ने, एउटा संस्थाको कार्यक्रम सफल हुँदा त्यसले पुरै समुदायको सम्मान बढ्ने हुँदा त्यसका लागि बातावरण बनाउने, कार्यक्रमहरुमा आसन र भाषणमा समय छोट्याएर् एजेन्डामा केन्द्रित हुने, कार्यक्रम तोकिएको समयमा सुरु गर्ने र समयमा सक्ने लगायतका बिषय सबैले पालन गर्न सह्भागिहरुले जोडदार माग गर्नु भयो ।

बेल्जियमको नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने ५० भन्दा बढी संस्थाले आ-आफ्नो लक्ष अनुसार काम गरेकोलेनै यहाँको नेपाली समुदाय प्रति देश बिदेशमा बस्ने नेपालीहरुले सम्मान गर्ने गरेकाले नेपाली समुदायको संख्या बढ्दै गएकोले ठुला शहरहरुमा नेपाली सांस्कृतिक घर बनाउन एनआरएनएले प्रोत्साहित गर्ने, संस्थागत सहभागिता जनाउने र स्थानीय निकाय सँग समन्वय गर्ने सुझाब धेरै सहभागिले दिनुभयो ।

अन्तरकृयामा आएका सुझाब अनुसार आगामी दिनमा संघ संस्थाहरुका कार्यक्रमहरु मर्यादित बनाउने अन्तर सम्बन्ध बलियो बनाउने लगायतका बिषय सबैले अबलम्बन गर्ने निस्कर्ष निकालिएकोछ ।
अन्तर्कृया संगै दसैं तिहारको शुभकामना आदान प्रदान पनि गर्ने भनेर घोषना गरिएको कार्यक्रममा नेपालमा दुई दिन अगाडि आएको बाढिबाट भएको धनजनको क्षति प्रति चिन्ता ब्यक्त गर्दै म्रितात्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएकोछ ।

एनआरएनए बेल्जियमबाट तत्कालका लागि बाढि पहिरो पीडितलाई पाच लाख रुपया सहयोग गर्ने घोषणा गरिएकोछ । एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटाले देश दुखेको दु:खद घडीमा हामीले शुभकामना आदानप्रदान गर्न नसकेको बताउनु भयो । उहाले भन्नु भयो- अतिथिहरूलाई खादा माला लगाएर सम्मान गर्न पनि सकेनौं, अन्यथा नलिनुहोला,’ ‘प्राकृतिक विपत्तिमा सधैं झै यसपटक पनि तत्कालका लागि हामीले पाँच लाख रुपैयाँ राहत दिनेछौं।
कार्यक्रममा प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले सामाजिक काममा सकृय र उर्जाशिल बेल्जियमको नेपाली समुदायका सार्वजनिक कार्यक्रम ब्यबस्थित नहुनाले आफु पनि धेरै समस्यामा परेको अनुभब सुनाउनु भयो । उहाले जति सकृयाता कार्यक्रम आयोजनामा देखिन्छ त्यतिनै त्यसलाई ब्यबस्थित र मर्यादित बनाउन लाग्नुहोस् भन्ने सुझाब दिनु भयो ।

राजदुत राजभन्डारीले एनआरएनए बेल्जियमले गरेको सहयोगको लागि सरकारको तर्फबाट धन्यवाद दिदै विपतहरूमा बेल्जियममा रहेका नेपाली समुदाय सधै अग्रभागमा रहेर मानविय सहयोग गरेकोछ भन्नु भयो ।

सो अन्तर्कियामा संघ संस्थाका अध्यक्षहरु प्रतिनिधिहरु बिनोद न्यौपाने, मेख गुरुङ, राजेन्द्र बारी, शिव तिमील्सिना, वीरमान मगर,इश्वरि कंडेल, बलराम पुन, होम गुरुङ, कान्ती अधिकारी, सुबाश जोशी,प्रेम गुरुङ, दुर्गा गुरुङ, मदन योङहाङ, सुर्य गुरुङ, रमेश पौडेल, प्रकाश कार्की, दिनेश भण्डारी,बिष्णु भुजेल, भुवन सुबेदी, रविन बान्तवा, दीपक न्यौपाने, पत्रकार पञ्चम अधिकारी , दिलनिशानी मगर लगायतले चालफलमा आ-आफ्नो सुझाब दिनुभएको थियो ।

अन्तर्कृयामा आएका सुझाब अनुसार छिट्टै कोड अफ कन्डक्ट बनाएर सबै संघ संस्थाले पालन गर्ने निष्कर्षमा अन्तरकृया सम्पन्न भएकोछ ।

Leave A Reply

Your email address will not be published.