प्रवासी नेपाली मंच युरोपमा बेल्जियमबाट तीनजना मनोनित,

0

प्रबासी नेपाली मंच युरोपले बिभिन्न ब्यक्तिहरुलाई संगठनको जिम्मेवारि दिदै मनोनित गरेकोछ । संगठनको पछिल्लो बैठकले बेल्जियमबाट शान्तमणि सिंखडालाई स्कुल तथा बुद्धिजिबी बिभाग,रन्जन सिंखडालाई संगठन बिभाग र कृष्ण सिंखडालाई उध्योग तथा ब्यवसाय बिभागमा मनोनित गरेकोछ । त्यसै गरि टंक कटुवाललाई श्रम तथा रोजगार बिभागमा मनोनित गरेकोछ ।
प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीका संयोजक मुक्तबहादुर गुरुङको अध्यक्षता र सचिव शालिकराम थपलियiको सञ्चालनमा भएको बैठकले संगठन बिस्तारका बिभिन्न निर्णय गरेको हो । बैठकमा ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिव प्रमुख हेम शेर्पा र युरोप महादेश इञ्चार्ज भक्त वाग्ले बिशेष अतिथीका रुपमा सहभागी हुनुभएको थियो ।

अन्तराष्ट्रिय कमिटीका सदस्यहरु सन्तोष भट्टराई, सरस्वती केसी, हेमराज शर्मा बैठकमा उपस्थित रहनुभएको थियो । प्रमुख अतिथिको रुपमा नेकपा एमाले केन्द्रीय सदस्य तथा युरोप अमेरिका इञ्चार्ज घनश्याम पाण्डेले संगठनका बारेमा पार्टिको धारणा राख्नु भएको थियो ।

अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पा र इञ्चार्ज भक्त वाग्लेले युरोप कमिटिले संचालन गरेका बिभिन्न अभियानसहित संगठनको निर्णय र निर्देशनबारे आफ्नो धारणा राख्नुभएको थियो ।

सो बैठकले हालसालै नवनिर्वाचित राष्ट्रिय कमिटीका अध्यक्ष सहित पदाधिकारी र कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उत्कृष्ट कामका लागि शुभकामना दिएको छ भने संगठन बिस्तारका लागि नयाँ सदस्यता बितरण गर्दै अधिवेशन गर्न बाँकी राष्ट्रिय कमिटीहरुको अधिवेशन यथाशिघ्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.