एनआरएनए बेल्जियमको बसेल्स क्षेत्रीय समिती गठन,

0

एनआरएनए बेल्जियमको बसेल्स क्षेत्रीय समिती गठन भएकोछ ।

एनआरएनए वेल्जियमकी अध्यक्ष सीता सापकोटाको  प्रमुख आतिथ्यतामा भएको भेलाले ब्रसेल्स संयोजक रबिन राई वान्तवाको संयोजकत्वमा सदस्य सचिव सुमिता भन्डारी सदस्यहरुमा हरि श्रेष्ठ, शृजना कट्टेल रेग्मी, भवानी घिमिरे, दिपक न्यौपाने, सुमन बिष्ट सहितको सात (७) सदस्यीय ब्रसेल्स क्षेत्रिय समिती गठन गरेको हो ।

एनआरएनए बेल्जियमको बर्तमान क्षेत्रीय समितिमा पहिलो पटक ब्रसेल्स क्षेत्रले कार्यसमितिलाई पूर्णता दिएकोछ ।

ब्रसेल्स क्षेत्रीय समितिलाई पूर्णता दिन त्यस क्षेत्रमा बस्ने नेपालीहरुले आयोजना गरेको भेलामा आइसिसी सदस्य भिम सुबेदी, मानार्थ सदष्य हुमनाथ पाण्डे, नेपाली ब्रसेल्स मिलन केन्द्रका अध्यक्ष प्रकाश कुमार कार्की, पुर्व आइसिसी उत्तम अधिकारी, ब्रसेल्स क्षेत्रका निबर्तमान संयोजक अर्जुन घिमिरे , पुर्व महिला संयोजक देवी अधिकारी गौतम, रास्वपा ब्रसेल्स संयोजक शिव रेग्मी, अन्नपूर्ण क्लब ब्रसेल्सका हरि श्रेष्ठ लगायतको उपस्थ्ती रहेका थियो ।

उपस्थित अतिथिहरु एनआरएन अभियान बारे आ-आफ्न धारणा राख्नु भएको थियो । उहाहरुले नबगठित समितिलाई सफलताको शुभकामना दिनु भयो ।

एनआरएनए वेल्जियमका महिला उपाध्यक्ष साबित्री गिरीले क्षेत्रीय समितिलाई कार्यकाल सफलताको शुभकामना र वधाई दिनु भयो ।

एनआरएनए बेल्जियमकि अध्यक्ष सापकोटाले उपस्थित ब्रसेल्सबासी एनआरएनहरुलाई धन्यबाद  दिदै नबगठित क्षेत्रीय समितिलाई यहाँका नेपाली समुदायको हितमा काम गर्न निर्देशन दिनु भयो ।

Leave A Reply

Your email address will not be published.