बिपी कोइरालाको जन्मजयन्तीमा नेपाली जनसंपर्क समिति बेल्जियमको स्‍मृति सभा ,

0

नेपाली जनसंपर्क समिति बेल्जियमले नेपाली काङ्रेसका संस्थापक नेता महामानब बिपी कोइरालाको एकसय एघारौ जन्म जयन्तिको अबसरमा स्‍मृतिसभाको आयोजना गरेकोछ ।

नेता कोइरालाको तस्बिरमा माल्यार्पण र स्वर्गीय कोइराला लगायतका स्वतन्त्रता सेनानी एबम सहिदहरुको सम्मानमा मौनधारण गरेर कार्यक्रमको सुरुवात भएको थियो ।

नेपाली राजनितिका सिखर ब्यक्तित्व एबम प्रजातान्त्रिक समाजबादका प्रबर्तक कोइरालाले नेपाली राजनिति र नेपाली साहित्यमा कोरेको मार्गचित्रमा नेपाली समाजलाई बर्तमान राजनीतिले डोर्‍याउन नसकेकोमा बिपिलाई श्रद्धान्जली दिन उपस्थित प्रवासका काङ्रेस कार्यकर्ताहरुले चिन्ताब्यक्त गरेकाछन ।

बिपी कोइरालाको सम्झनामा बोल्नु भएका बक्ताहरुले बर्तमान राजनितीले जनभाबनालाई बोक्न नसकेकोले बिपिले लागु गर्न खोज्नु भएका नेपाली परीबेशको समाजबादको स्थापना हुन आबस्यक छ भन्नु भयो । नेपालको पहिलो जननिर्बाचित प्रधानमन्त्रीलाई जनताका लागि काम गर्न नदिन सुरु गरिएको पञ्चायत र त्यस पछिको उदारबादी ब्यबस्थामा राजनीतिक नेत्रित्वमा आएको भ्रष्टिकरणले नेपाल दिनप्रतिदिन कमजोर बन्दै गएकोछ भन्दै चिन्ता प्रकट गरियो ।

बक्ताहरुले राजनितिको शुद्धिकरणका लागि देशको माटो सम्झेर, जनताको भाबना बुझेर, नेपालीहरुका नैतीक, सांस्कृतिक मुल्यमान्यता अनुसार राजनिती हुनुपर्छ भन्ने सुझाब दिनु भयो ।

नेपाली जनसंपर्क समितिका संस्थापक सभापति ध्रुबराज पौडेल, पूर्व सभापति द्वय सुभाश जोशी र सीता सापकोटा, बरीष्ट नेता उल्का घिमिरे, प्रेम गुरुङ, लगायतले बिपीलाई स्मरण गर्दै श्रद्धान्जली दिनुभएको थियो ।

अन्तरराष्ट्रिय साहित्य समाजका उपाध्यक्ष डिल्लि अंमाईले बिपिको साहित्यिक योगदानको चर्चा गर्दै कबितापाठ गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम र नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले पनि आधुनिक नेपालमा स्वर्गीय कोइरालाको योगदानको चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा नेपालबाट आउनुभएका पत्रकार गौतम र नेपाली काङ्रेसकी अग्रज कार्यकर्ता तेजप्रभा खनाललाई सम्मान गरिएको थियो ।

नेपाली जनसंपर्क समितिका उपसभापती बिराट जोशीको सभापतित्वमा भएको कार्यक्रमको संचालन महामन्त्री प्रकाश गिरीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.