सानो लगानिमा पनि इमान्दार भएर मिहिनेत गरे सफलता पाउन सकिन्छ – सुबेदी

0

गैरआवासीय नेपाली संघ अमेरीकाका निवर्तमान अध्यक्ष बुद्धीसागर सुबेदीले ठुलो लगानीमा जोखिम पनि हुने भएका कारण नयाँ आप्रबासीले स-साना व्यवसाय शुरु गर्न सुझाव दिनुभएको छ ।

गैरआवासीय नेपाली संघ क्यानडाले आयोजना गरेको एक अन्तरक्रियामा टोरोन्टोमा बोल्दै उहाँले सानो लगानीमा साना व्यावसाय शुरु गरि मिहिनेति र इमान्दार भएमा छिट्टै सफलता हाँसिल गर्न सकिने बताउनुभयो । गैरआवासीय नेपाली संघले पनि नेपाली आप्रबासीलाई व्यवसायमा आकर्षित गर्न कार्यक्रम संचालन गर्न सुझाव पनि दिनुभयो ।

गैरआवासीय नेपाली संघको विबादबारे सहभागीका प्रश्नको उत्तर दिंदै सर्वोच्चका २ फरक आदेशले अन्यौल थपेको भन्दै यसको निराकरण पनि अदालतलेनै गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली संघ क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका मध्य पश्चिम क्षेत्रीय संयोजक महेन्द्र बस्नेतले गैरआवासीय नेपाली संघ क्यानडा र अमेरिकाले स्थानीय समस्या समाधान गर्न सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघका महासचिव चन्दा अधिकारीले गर्नुभयको थियो ।

कार्यक्रममा क्यानडामा रहेको नेपाली समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धीसागर सुबेदी र मध्य पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक महेन्द्र बस्नेतले क्यानडाको छोटो बसाइमा आफन्त र विभिन्न सामाजिक व्याक्तित्वहरुसंघ भेटघाट गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.