बेल्जियमको नेपाली समुदाय लक्षित चोरिका घटना बारे स्थानीय प्रहरी सँग एनआरएनए बेल्जियमको अन्तर्कृया,

0

एनआरएनए बेल्जियमले नेपालीहरुका घर फोडेर भैरहेका चोरिका घटनामा बेल्जियम प्रहरिको ध्यानाकर्षण गराउदै न्युनिकरणका लागि  सहयोगको माग गरेकोछ । एनआरएनए बेल्जियमका पदाधिकारीहरु, श्रिंखलाबद्ध चोरिमा आफ्नो धनमाल गुमाएका पीडित  नेपालीहरु, संघ संस्थाका प्रतिनिधि, पत्रकारहरु र लुभेन शहरका सम्बन्धित बिभागका प्रहरी प्रमुख बिचको अन्तर्कृयामा सुरक्षाका लागि बिशेष सहयोगको माग गरिएको हो ।

एनआरएनए बेल्जियमका उपाध्यक्ष कासी दनैले सहजिकरण गर्दै बिषय प्रबेश गराएर सुरु भएको अन्तर्कृयामा नेपाली समुदायले चोरिका कारण धानमालको क्षति र मानसिक त्रासमा बाच्नु परेकोले प्रहरी गस्ति बढाउन र भएका घटनालाई बिस्त्रित अनुसन्धान गरि चोरलाई नियन्त्रणमा लिन अनुरोध गरिएको थियो ।

हालसालै घर चोरि हुँदा आफुहरु ब्यहोरेका व्याबहारिक र मानसिक समस्या, परिवार र बालबालिकाहरुमा परेका प्रभाबका बारेमा पीडितका अनुभब सहित ति बिषयमा बेल्जियमको कानुन र प्रहरीले कसरी सहयोग गर्न सक्छ भनेर छलफल भएको थियो ।

नेपाली समुदायका कार्यक्रममा उपस्थित नेपालीहरुका समस्या र भोगाई सुनेर लुभेन शहरका न्यायिक प्रहरी बिभागका एरेस्त इन्स्पेक्टर ( बिभागीय प्रमुख ) दाभिद भान्हेन्तेनरिकले चोरहरुले प्रयोग गर्ने ट्रिकहरुका बारेमा जानकारी धेरै चोरिका घटना हुने डार्क महिना सेप्तेम्बर अक्टोबर नोभेम्बरमा बिशेष सतर्कता अपनाउन र ठुलो सानो जस्तो घटना भए पनि प्रहरीलाई खबर गर्न अनुरोध गर्नु भयो ।

सुरक्षाका लागि अबलम्बन गर्न सकिने साधारण उपायहरु झ्यालका पर्दा खुला राख्ने, घरका एक दुई बत्ती बाली राख्ने, सामाजिक संजालमा छुट्टी वा कार्यक्रममा जाने बारेको फोटो र जानकारी शेयर नगर्ने, क्यामरा भएको स्टिकर ढोकामा राख्ने लगायतले चोरलाई चोरि गर्न डर हुने गरि घरको बातावरण बनाउन आग्रह गर्नु भयो , दाभिदले अहिले सम्म भएका घर चोरिका घटनाका फाइलहरु संयुक्त राखेर पनि अनुसन्धान गर्ने र नेपाली समुदायको सहयोगका लागि अनुरोध गर्नु भयो ।

पछील्लो समय बेल्जियम भरि चोरिका घटना बढेकोले नेपाली समुदायलाई मात्र तार्गेट गरेको हो कि होइन त्यस बिषयमा प्रहरी संगठनलाई सचेत गराउने र सोही अनुसार अनुसन्धान प्रकृया अगाडि बढाउने आश्वासन उहाले दिनु भयो । नेपालीका घरमा चोर्ने नेपालीनै हुन कि भन्ने कोणबाट पनि अनुसन्धान गरिने उहाले विश्वाश दिलाउनु भयो ।

एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटाले संस्थाको आग्रहमा नेपाली समुदायको कुरा सुनेर त्यसका लागि कानुनी पहल र व्याबहारिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएकोमा प्रमुख इन्सपेक्टर दाभिदलाई धन्यबाद दिदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.