पासा पुंच बेल्जियमको पाचौ अधिबेशन सम्पन्न, सुर्य नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति,

0

पासा पुँच बेल्जियमको पाचौ अधिबेशन सम्पन्न भएकोछ । बेल्जियमका नेवार समुदायको एकता र सांस्कृतिक गतिबिधि गरेर नेवारी शभ्यता जोगाई राख्न गठन गरिएको संस्थाको अधिबेशनले सुर्य नारायण श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय कार्यसमितिको चयन गरेकोछ ।

सर्बसम्मत चयन गरिएको कार्यसमितिको बरीष्ठ उपाध्यक्षमा मुना ताम्राकार, उपाध्यक्षमा सञ्जय श्रेष्ठ (देबु), सन्तोष प्रधान (प्रेम), बिराट जोशी,महासचिबमा शंकर श्रेष्ठ, सचिबमा बिपिन राय, कोषाध्यक्षमा बिमल श्रेष्ठ रहनु भएकोछ ।

त्यसै गरि सदस्यहरुमा रोमु कर्माचार्य,सजना कातिला, सुजन मालाकार, रिजु बैध्य, रैना श्रेष्ठ,तेजुमा पाकाजु,प्रशान्त श्रेष्ठ, रस्मिना राजभन्डारी,प्रिति कर्माचार्य,राजु श्रेष्ठ,मनोज श्रेष्ठ,पुजा डङ्गोल,रक्षा श्रेष्ठ,सुश्मा जोशी,शिव श्रेष्ठ, तक्दिर महर्जन, रुपा शाक्य, सन्जु दर्शना उदास, रेष्मा श्रेष्ठ, अर्चना श्रेष्ठ, इन्दु श्रेष्ठलाई चयन गरिएकोछ ।

सुबाश जोशी (सन्तोष), रोशन जोशी (भिम), नारायण चित्रकार, योगेन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठले नयाँ कार्यसमितीको घोषणा गर्नु भएको थियो ।

संस्थाका महासचिब सुर्यानरायण श्रेष्ठ र कोषाध्यक्ष प्रेम प्रधानले प्रस्तुत गर्नु भएको प्रगती प्रतिबेदन र आर्थिक प्रतिबेदन अधिबेशनको बन्दसत्रले पारीत गरेकोछ ।

पासा पुँच बेल्जियमको अधिबेशनको राष्ट्रिय गीत बजाउदै कलात्मक पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बेनेलक्स एबम युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभन्डारी, पासापुँच बेल्जियमका अध्यक्ष चिज कुमार श्रेष्ठले अधिबेशनको उद्घाटन गर्नु भएको थियो ।

अधिबेशनको सफलताको शुभकामना दिदै प्रमुख अतिथि राजदुत राजभण्डारीले नेपाल देशको नामकारण देखि आधुनिक काल सम्म नेवारी भाषा र सभ्यताको प्रभाब रहेकोछ भन्नु भयो ।

सम्पन्न शभ्यताको रुपमा परीचित नेवारी समुदायले गर्ने कृयाकलाप पनि सोही अनुसारको नेपाल चिनाउने र नेपाली-नेपाली जोड्ने खालका हुनुपर्छ भन्दै राजदुत राजभन्डारीले परदेशमा आफ्नो कला संस्कृतिलाई महत्व दिएर गरेको कामका लागि पासापुँचलाई धन्यवाद दिनुभयो ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले बेल्जियमको नेपाली समुदायलाई सम्पन्न बनाउन पासापुँचले अग्रणी भूमिका खेलेकोछ भन्दै नेवारी कला संस्क्रितिको सम्बर्धन गर्न संस्थालाई एनआरएनए बेल्जियम साथ सहयोग गर्न तत्पर रहेकोछ भन्नु भयो । सापकोटाले यहाँका सबै संस्थाले गर्ने सांस्कृतिक गतिबिधिले युरोपमा नेपाल चिनाउन बिशेष योगदान गरेकाछन, हामी मिलेर काम गरे अगाडि पनि धेरै काम गर्न सकिन्छ भन्नु भयो


एनआरएनएका आइसीसी सदस्य मदन दवाडी, अर्जुन गुरुङ, भिम सुबेदी,संस्थाका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, पूर्व अध्यक्षहरु रोशन जोशी भिम,योगेन्द्र श्रेष्ठ, विश्व नेवार संगठन कि उपाध्यक्ष रजनी प्रधान, आदिबासी जनजाती महासंघ बेल्जियमका सचिब रविन बान्तवा लगायतले पासापुँच बेल्जियमको पाचौ अधिबेशनको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

लिखित सन्देश मार्फत विश्व नेवार संगठनका अध्यक्ष सन्जिब श्रेष्ठले अधिबेशनको सफलताको शुभकामना र निबर्तमान समितिलाई धन्यवाद सहित नयाँ आउने समितिलाई बधाई दिनुभएको थियो ।

कार्यक्रमका सभापति एबम पासापुँच बेल्जियमका अध्यक्ष चिजकुमार श्रेष्ठले आफ्नो कार्यकालमा भएका बिभिन्न समारोह र अभियानमा सहयोग गर्ने ब्यक्ति, संस्था एबम अधिबेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनु भयो ।

कार्यक्रमको संचालन पासापुँच बेल्जियमका महासचिब सुर्यनारायण श्रेष्ठले गर्नु भएको थियो ।

नेवारी पहिरनमा सजिएका पासा र मिसामाचाहरुले उपस्थित पाहुनाहरुलाई अधिबेशन भन्दा पनि नेवारी भोजमा गएको जस्तो अनुभुती हुने गरि नेवारी खाजा र ऐलाले स्वागत सत्कार गरेका थिए ।

Leave A Reply

Your email address will not be published.