एन्तवेरपेनमा पांच हजार युरो पुरुस्कार सहितको फुटबल प्रतियोगिता हुँदै,

0

खेलप्रेमी युबाहरुको क्लब एन्तवेर्प गाइजले चार बर्षबाट गर्दै आएको एन्तवेर्प कप फूटबल यहि सेप्टेम्बर २३ तारिख सोमबार हुने भएकोछ ।

बेल्जियमको नेपाली समूदायले गर्ने खेल प्रतियोगितामा सबै भन्दा ठुलो रासिको पुरुस्कार भएको यो प्रतियोगितामा युरोपका बिभिन्न देशबाट खेलाडिहरु सहभागि हुने गरेकाछन । क्लबका कोषाध्यक्ष शिव सिग्देलका अनुसार यो बर्ष पनि बेलायत, माल्टा, फ्रान्स, पोर्तुगाल, नेदल्यान्ड र बेल्जियमका गरि १५ वटा फूटबल टिमले भाग लिनेछन ।

बिजयी हुने पहिलो टिमलाई पाँच हजार, द्वितीयलाई २५ सय युरो र त्रितीय हुने टिमलाई १ हजार युरो नगद पुरुस्कार मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक , उत्कृष्ट डिफेन्डर , अनुसाशित टीमलाई नगद मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

यो बर्ष फूर्बल तुर्नामेन्ट जित्ने टिमलाई अर्को बर्ष टिम दर्ता सुल्क पनि नलिने निर्णय भएको कल्बका अध्यक्ष दर्शन गुरुङले जानकारी गराउनु भएकोछ ।

एन्तवेरपेन दुर्नेको रुखभेल्द खेल मैदानमा बिहान ९ बजे बाट यू साइड तुर्नामेन्टमा ग्रूप अनुसार फूटबल टिमले भाग लिनेछन । ग्रूपको बर्गिकरण सोही दिन बिहान प्रकृया अनुसार गरिने आयोजक क्लबका सचिब अभिषेक गौचनले जनाएकाछन ।

खेल गतिबिधी गर्ने गरि स्थानीय एन्तवेरपेन नगरपालिकामा दर्ता भएको एन्त्वेर्प गाइजले युबा खेलाडिहरुलाई प्रोत्साहन र हौसला दिदै आएकोछ ।

एन्तवेरपेन शहरका नेपालीहरुको खेल पहिचान बनेको यो प्रतियोगितालाई सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग र सहभागिता जनाइदिन आयोजक क्लबले बेल्जियमको नेपाली समुदायलाई अनुरोध गरेकोछ ।

Leave A Reply

Your email address will not be published.