गैर आबासीय नेपाली संघ बेल्जियमको अठारौ साधारणसभा सम्पन्न, उत्कृष्ट सामाजिक ब्यक्तित्वहरुलाई सम्मान,

0

गैर आबासीय नेपाली संघ बेल्जियमको अठारौ साधारणसभा सम्पन्न भएकोछ । १९ अगस्त सोमबार लुभेनमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख अतिथ्यता र गैरआवाशीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाको सभापतित्व भएको बार्षिक साधारण सभाको दीप प्रज्वलन सहित राष्ट्रिय गीत बजाएर उद्घाटन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी राजदुत राजभन्डारीले बेल्जियमको नेपाली समुदाय सामाजिक गतिबिधिमा निकै सकृय रहेको र एनआरएनए लगायतका संघ संस्थाले नेपालका लागि गरेको सहयोग र बेल्जियममा नेपाल चिनाउन खेलेको भूमिका निकै प्रशंशनीय छ भन्नु भयो ।

उहाले सकिन लागेको आफ्नो चार बर्षे कार्यकालमा यहाँको नेपाली समुदायको बिकास, उन्नती देखेको र त्यसका लागि नेपाली संघ संस्थाहरुका सामुहिक प्रयासले सहयोग पुगेकोछ भन्नु भयो । राजदुत राजभन्डारीले नेपाली दुताबास र बेल्जियमको नेपाली समुदायको संयुक्त प्रयासमा नेपालका लागि भएका सकारात्मक कामबाट सिकेर भबिष्यका योजना बनाउन आग्रह गर्नु भयो ।

एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, पूर्व अध्यक्षहरु प्रेम गुरुङ, गंगाधर गौतम, लोक दाहाल, चित्र सुबेदी, र खड्क बहादुर केसीले साधारण सभाको सफलताको शुभकामना दिनुका साथै आफ्ना कार्यकालका अनुभब र आगामी दिनका लागि सुझाब दिनु भयो । उहाहरुले आन्तरिक अनुशासनलाई दृढताका साथ संगठनका सबै सदस्यले पालना गर्नु आबस्यक छ भन्नु भयो ।

आईसिसी सदस्यहरु मदन दवाडी, हरी भट्टराई र भिम सुबेदीले साधारण सभाको सफलताको कामना गर्दै केन्द्रमा भएको बिबाद र अदालति झमेलाले संगठनले सोचे जस्तो काम गर्न नसके पनि बेल्जियम एनसीसीले गरेको सामाजिक र परोपकारी काममा साथ सहयोग रहनेछ भन्नु भयो ।

साधारण सभामा बेल्जियममा सक्रिय सामाजिक, बैचारिक, क्षेत्रीय जातीय संघ संस्थाका अध्यक्ष एबम प्रतिनिधिहरुले पनि एनआरएनए बेल्जियमले सामाजिक र सामुदायिक गतिबिधी गर्दा सधैं सहयोग र सहकार्य गरेको र आगामी दिनमा यसको दाँयरा अझ बढाउन सकोस भनेर शुभकामना दिनुभएको थियो ।

एनआरएनए बेल्जियमका उपाध्यक्ष एबम साधारण सभाका संयोजक लोकेन्द्र नेपालले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो भने अर्का उपाध्यक्ष काशी दनैले संघले बर्षभरी गरेको कामबारे स्लाइड सो सहित छोटकरीमा कार्यविवरण र कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभाको बन्द सत्रमा बिधान समिती संयोजक सुभाश जोशी, मनिष गुरुङ र दिपक न्यौपानेले प्रस्तुत गरेको बिधानका केही संसोधित दफा पारीत गरेको थियो । कोषाध्यक्ष अजित तुलाचनको आर्थिक प्रतिबेदन र उपमहासचिब राजेन्द्र कार्कीको प्रगती प्रतिबेदन साधारण सभाले पारीत गरेको थियो ।

सो अबसरमा एनआरएनए बेल्जियमले भाषा,संस्कृति,खेलकुद लगायत नेपाली समुदायका लागि बिबिध क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका अग्रज अभियन्ताहरु क्रमश बालेन्द्र गुरुङ,बिनिता रिमाल,गोरख घले,बलाराम पुन र नारायण अधिकारीलाई सम्मान गरिएको थियो।

एनआरएनए बेल्जियमका सचिब रमेश दाहालले सम्मानित ब्यक्तिहरुको बारेमा प्रकाश पार्नु भएको थियो । औपचारिक कार्यक्रमको संचालन उपमहासचिब राजेन्द्र कार्की र सचिब देबु श्रेष्ठ ( सञ्जय ) ले गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम अघिनै महासचिब रुबिना शर्माले कार्यब्यस्तताले साधारण सभामा पुरै समय रहन नसक्ने भएकोले साधारण सभाको सफलताको शुभकामना दिनु भएको थियो ।

महिला उपाध्यक्ष साबित्री गिरीले महिला बिभागबाट भएका गतिबिधिको विवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले निर्बाचित भए पछि कार्यसमितिले गरेका संस्थागत प्रयासबाट जाजरकोट भुकम्पले क्षतिग्रस्त बिध्यालय भवन निर्माण, इजरायल हमास युद्धमा मारिएका विद्यार्थीका परिवारलाई गरिएको सहयोग लगiयत बेल्जियमका नेपाली समुदायका कार्यक्रममा सहयोग, एक्केबद्धता जनाएको बताउनु भयो ।

असल नियतले सामाजिक काम गर्दा भ्रस्टाचार भयो भनेर हतोत्साही बनाउने प्रयास भएको भन्दै संस्थाको एकएक पैसाको हिसाब राखिएकोले भ्रममा नपर्न आगरह गर्नु भयो । उहाले सामाजिक सद्भाब बिथोल्ने प्रयास गर्नेहरुलाई समाजले नै सहिगलत छुट्याएर उचित समयमा उचित सजाए दिनेछ भन्नु भयो ।

अध्यक्ष सापकोटाले साधारण सभा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनु भयो ।

Leave A Reply

Your email address will not be published.