बिदा मनाउन बनेको बिन्दास समुहको साझा सहयात्रि नेपाललाई आर्थिक सहयोग,

0

यौनहिंशा पीडित बालिकाहरुलाई आश्रय र शिक्षादिक्षा दिईरहेको संस्था “साझा सहयात्रि नेपाल” लाई बेल्जियमको बिन्दास समुहले आर्थिक सहयोग गरेकोछ ।  यौन हिंशामा परेका १५ जना युबतीहरुलाई आश्रय दिएर पठन पाठनको ब्यबस्था गरी रहेको गीता केसी दर्नालको संस्था साझा सहयात्रि नेपाललाई बेल्जियमका नेपालीहरुले सहयोग गरेका हुन ।

अगस्त १७ तारिख शनिबार उक्त समुहको तर्फबाट योग प्रशिक्षिका समिना शर्माले ८३,५०० (त्रियासी हजार पाच सय)रुपयाँ साझा सहयात्रि  अध्यक्ष दर्नाललाई हस्तान्तरण गर्नु भएकोछ,

दर्नालले बिगत तीन बर्षबाट आफ्नै घरमा  हिंशामा परेका, न्यायबाट बंचित भएका, आफन्त र समाजबाट तिरष्क्रित कलीला बालिका र युबतीहरुलाई छोरी सरह पालन पोषण गरीरहनु भएकोछ ।

आफ्नो मानबीय काममा सहयोग हौसला प्रदान गरेकोमा बिन्दास समुहलाई संस्थाका अध्यक्ष दर्नालले आभार ब्यक्त गर्नु भएकोछ ।

केही दिन अघि सामुहिक रुपमा ३ दिने छुट्टी मनाउन आर्देना गएको बेला, कठिन अवस्थामा पनि परोपकारी काम गरी रहेको साझा सहयात्रि र गीता केसी दर्नालको बारेमा थाहा पाएर स्वत:स्फुर्त सहयोग गरिएको एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष एबम सो कार्यक्रमका संयोजक खड्क बहादुर केसीले बताउनु भएकोछ ।

प्राकृतिक बातावरणमा खानपान, योग ध्यान र जङ्गल बिचरण गर्दै गर्दा केही परोपकारी कर्म गरेर मानबीय उत्तरदायित्व पुरा गरेको बिन्दास समुहले जनाएकोछ । उक्त समुहमा बेल्जियमको नेपाली समुदायका सामाजिक ब्याबसयिक क्षेत्रका अग्रज ब्यक्तिहरु सहभागि रहेकाछन ।

बिन्दास समुह
गंगाधर गौतम
प्रेम गुरुङ
खड्क बहादुर केसी,
झलक केसी
लोकेन्द्र नेपाल
चिरन कुमार खवास
पिडी शेर्पा
मदन दवाडी
यामु निरौला
दिनेश भण्डारी
देबु श्रेष्ठ सञ्जय
राजु घिमेरे
कुल बहादुर कार्की
रमेश सापकोटा
दुर्गा सापकोटा
नरहरी सापकोटा
हरी रोका
ओम शर्मा
अतिथी – भुवानी प्रशाद तिमील्सिना युएई , उमेश खनाल नेपाल

 

Leave A Reply

Your email address will not be published.