जुरिक नेपाल स्पोर्ट्स क्लब स्वीजरल्याण्डले भलिबल आयोजना गर्ने,

0

‘जुरिक नेपाली स्पोर्ट्स क्लब’ जुरिक स्विट्जरल्याण्डको आयोजनामा यही आउदो सेप्टेम्बर 15 तारीख आइतबार  जुरिकमा भलिबल प्रतियोगिता हुने भएकोछ । “खेलनै स्वास्थको धन हो” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको भलिबल खेलमा सहभागिताका लागि खेलाडिहरु र सँघ संस्थाहरुलाई क्लबले अनुरोध गरेकोछ।  भर्खर तेर्सो पिङ्ग-पोङ्ग खेलको सम्पन्न गरेको जुरीक स्पोर्ट्स क्लबले जुरिक शहरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

साथै आउने अक्टोबर २७ तारिख आइतबार अस्ट्रियामा हुन गइरहेको युरोपेली भलिबल प्रतियोगितामा भाग लिनका लागि खेलाडी छनोट गर्नु पर्ने भएको हुदा सम्पुर्ण खेलाडीहरुलाई क्लबसँग संपर्क गर्नु पनि अनुरोध गरिएकोछ ।

प्रतियोगिता सम्बन्धी बिस्तृत जानकारी छिट्टै अर्को सूचना प्रकाशित गरिनेछ, तत्कालका लागि कार्यक्रमको रुपरेखा निम्न बमोजिम रहेको क्लबको सुचनामा उल्लेख छ ।
१- कार्यक्रम उल्लेखित समयमा नै हुनेछ।
२- कार्यक्रममा भाग लिन सम्पुर्ण क्लब तथा अन्य टिम का खेलाडीहरुले पनि भाग लिन पाउनेछन। खेल प्रचलित नियम बमोजिम खेलाइने छ।
३-प्रति भलिबल टीमले २००।- स्वीस फ्रान्क तिर्नु पर्ने छ।
४-भलिबलमा बिजय हासिल गर्ने पहिलो बिजेतालाई स्वीस फ्रान्क 500- दोस्रो बिजेता हुनेलाइ स्वीस फ्रान्क 300- राखिएको छ
५- खेलमा भाग लिन आउने
सम्पुर्ण आगन्तुक खेलाडी साथीहरू तथा आगन्तुक पाहुनाहरुलाइ स्पेसल ग्रील तथा अन्य परिकारहरुले स्वागत गरिने छ भने साधारण पिउने तथा खानामा कुनै शुल्क लाग्ने छैन अल्कोहलिक पदार्थको भने शुल्क तिर्नु पर्ने छ।
६- स्वीसमा बसोबास गर्ने सम्पुर्ण कान्तोनमा आ-आफ्नो क्षेत्रमा प्रचार -प्रसार गर्ने र गराउने छ।
७-साधारण ग्रील पार्टी तथा साधारण खाने पिउनेको ब्यबस्थापन गरिने आयोजक कमिटीले जनाएको छ।

पुनस्चय-
सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाइ फेरि पनि नमस्कार !
प्रत्यक बर्ष बासेल क्लबले गर्दै आयको भलिबल आयोजना अचानक स्थगित गरेको हुँदा जुरिक नेपाली स्पोर्ट्स क्लब जुरिकले गर्न गैरहेको जानकारी गराउदछौ बास्तबमा हाम्रो भब्य कार्यक्रम नभए पनि हामिले अस्ट्रीयामा हुन गैरहेको खेलमा भाग लिनको लागि खेलाडी छनोट गर्नु पर्ने भएकोले सम्पुर्ण क्लब तथा संस्थालाइ उपस्थिति जनाइदिनुहुन अनुरोध गर्दछौ।

समपर्क :
लोकेन्द्र राना
फोन नम्बर-0764546762

Leave A Reply

Your email address will not be published.