एनआरएनएका नेत्रित्वकर्ता डा बद्रि केसी र डा हेमराज शर्मालाई अदालतको मानहानी मुद्दा

0

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानका दुई जना नेत्रित्वकर्ता बिध्याबारिधिहरु डा बद्रि केसी र डा हेमराज शर्मालाई सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा अदालतको अपहेलना मुद्दा लागेकोछ ।

शर्मा र केसी बिरुद्ध अधिबक्ता श्यामक्रिष्ण श्रेष्ठले सर्वोच्च अदालतमा मानहानीका मुद्दा दायर गर्नु भएकोछ । सर्वोच्च अदालतले केही अघि गरेको एनआरएनए सम्बन्धि फैसलालाई चुनौती दिँदै उनीहरुले अभिव्यक्ति दिएको भन्दै अधिवक्ता मास्केले मुद्दा दायर गर्नु भएको हो ।

उनीहरुले सर्वोच्चको फैसला वकिलको ल फर्ममा बसेर तयार गरिएको भन्दै अभिव्यक्ति दिनुका साथै फैसलाको खुलेआम विरोध गरेर नेपालको संबैधानिक सर्बोच्चताको खिल्ली उडाएकोले मुदा दर्ता गरेको मास्केले बताउनुभएकोछ ।

डा केसीले बिभिन्न माध्यमबाट अदालतको मानहानी गरेको, अदालतले महाधिबेशन अबैधानिक करार गरि सके पछि पनि एनआरएनए अध्यक्ष भएको दाबि गर्दै गतिबिधी गरेर भ्रम सिर्जना गरेको तथा डा शर्माले जीत बहादुर थापाको छद्म् नामबाट लेख लेखि अदालत र माननीय न्यायाधिशहरुलाई तथ्यहिन आरोप लगाएको र सामाजिक सन्जालमा नेपालको कानुनी प्रकृयाको बदनामी गरेको लगायतका प्रमाण दिदै उनिहरुलाई कारबाहिको माग गरिएकोछ ।
सर्वोच्चले एनआरएनएको आधिकारिकता सम्बन्धि विनोद कुँवर पक्षका रिटमा न्यायाधिश द्वय सपना मल्ल प्रधान र नहकुल सुबेदीको इजलासले फैसला गर्दै संघको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्नुका साथै २०७८माघ १ को बिन्दुबाट काम कारबाही थालेर एकताको महाधिवेशन गर्न आदेश दिएको छ ।

Leave A Reply

Your email address will not be published.