तमु समाजको आमा समुहले आयोजना गरेको कुकेन्होफ फुलवारी भ्रमणमा बेल्जियमभरिका दुई सय बढि नेपाली सहभागि,

0

Thank तमु समाज बेल्जियमको महिला बिभाग ‘आमा समुहले’ नेदरल्यान्डको कुकेनहोफ तुलिप फुलबारीको सामुहिक भ्रमण एबम पिकनिक सम्पन गरेकोछ ।

अप्रिल २१ तारिख आईतवार बेल्जियमका बिभिन्न शहरहरु ओस्टेन्डे,ब्रुगे, लुभेन र एन्तवेरपेनबाट तीन वटा बसमा गएका करिब २०० भन्दा बढी नेपालीहरुले फुलबारिको अबलोकन गर्नुका साथै नेपाली गीत संगीत सहित तमु दिदिबहिनीहरुले तयार गरेको खाजा खाँदै रमाइलो गरेका थिए ।

नेपाली समुदायमा भाईचाराको बिकास होस र मित्रता,आत्मियता बढोस भनेर आमा समुहको आयोजनामा फुलबारी भ्रमण गरिएको तमु समाज बेल्जियमका उपाध्यक्ष अनिता गुरुङले बताउनु भएकोछ । बेल्जियम बिभिन्न शहरमा बसोबास गर्ने नेपालीहरुलाई कुकेनहोफ जस्तो अति रमणीय फुलबारी भेट्ने र रमाइलो गर्ने अबसर जुटाईदिएकोमा तमु समाजको आमा समुहलाई सहभागिहरुले धन्यवाद दिएको समुहकी अध्यक्ष मन्दिरा तमुले बताउनु भएकोछ ।

महिला, बालबालिका र तमु परम्पराका सांस्कृतिक कार्यक्रम गर्दै आएको आमा समुहले पहिलो पटक आयोजना गरेको यस खालको कार्यक्रमले उत्साहित बनाएको आयोजकहरुको भनाईछ ।

ब्यबसायिक फोटोग्राफर लबिन गुरुङले फोटोसुट गर्न सहयोग गर्नु भएको थियो ।

सन १९५० मा कुकेन्होफ क्यास्टल वरिपरिको जमिनलाई ब्यबासायिक फुलबारीको रुपमा बिकास गरेर स्थानीय किसानहरुले सुरु गरेको फुल खेती आज विश्वमा चर्चित र आकर्षक गन्तब्य बनेको छ । मार्च महिनाको तेश्रो हप्ताबाट हेर्न र घुम्नका लागि खुला गरिएको फुलबारी मे महिनाको दोश्रो हपाता सम्म खुला रहन्छ ।

बसन्त रितुको हरियाली संगै खुलेको युरोपको मौसममा रङ्गी बिरङ्गी हजारौ प्रजातिका फुलहरुको मनमोहक द्रिष्य हेर्न लाखौ पर्यटकहरु आउने फुलबारिमा युरोपका बिभिन्न देशमा बस्ने नेपालीहरु पनि आउने गरेकाछन ।

हिन्दी फिल्मका केही चर्चित द्रिष्यहरु छायांकन भएकोले पनि फुलबारी हेर्न चासो राख्नेहरुमा नेपाली र भारतीयहरु भेटिन्छन भने फुलबाट बन्ने सुगन्धित प्रशाधनको केन्द्र पनि यसलाई मानिन्छ ।

Leave A Reply

Your email address will not be published.