भुकम्पले भत्किएको बिद्यालय बनाउन एनआरएनए बेल्जियमको च्यारिटी सांस्कृतिक साँझ ,

0

गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको बाउसेखोलामा भुकम्पबाट क्षति भएको ज्ञानोदय प्राथमिक बिद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गर्ने भएकोछ । आउदो अप्रिल ८ तारिख लुभेनमा नेपाली नयाँ बर्षको  अबसर पारेर आयोजना गरिएको सांगितिक कार्यक्रमबाट प्राप्त आम्दानी बिद्यालय पुनर्निर्माण गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले जानकारी गराउनु भएकोछ ।

सांगितिक कार्यक्रममा भ्वायस अफ नेपालका बिजेता किरण गजमेर र लाहुरे कान्छा लगायतका स्थानीय कलाकारहरुले मनोरन्जन दिने भएकाछन ।

कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी लगायत नेपाली समुदाय र स्थानीय बेल्जिक समुदायको समुपस्थिति रहने एनआरएनए बेल्जियमका महासचिब रुबिना शर्माले जानकारी गराउनु भएकोछ । बेल्जियमका छिमेकी देश नेदरल्यान्ड, जर्मनी, लग्जेम्बर्ग र फ्रान्सका एनआरएनएका अध्यक्षहरु पनि कार्यक्रममा उपस्थित हुनुहुनेछ ।

लुभेनमा आयोजना गरिने कार्यक्रमको लागि एन्तवेरपेनबाट जान आउन बसको ब्यबस्था गरिएकोछ । नयाँ बर्षको शुभकामना आदान प्रदानका साथै मनोरन्जन र खानपानको ब्यबस्था पनि गरिएको कार्यक्रम संयोजक योगेन्द्र श्रेष्ठले जानकारी गराउनु भएकोछ ।

नेपालमा आइपर्ने बाढि पहिरो, भुकम्प जस्ता प्राकृतिक विपत्तिका साथै मातृभूमिलाई आवश्यक पर्दा गैर आवासीय नेपाली संघ लगायत विदेशस्थित संघसँस्थाहरुले हातेमालो गरेर सहयोग गर्दै आएकाछन । गत वर्ष नेपालको जाजरकोटमा गएको विनासकारी भूकम्पको कारण जिर्ण बनेको बिद्यालय पुनर्निर्माणका लागि केही रकम पहिला नै संकलन भइसकेकोमा नेपाली नयाँ वर्षको अवसर पारेर अरु सहयोग जुटाउने हिसाबले एनआरएनए बेल्जियमले च्यारिटी कार्यक्रम आयोजना गरेको हो ।

पाच कोठा भएको बिद्यालय भबन भत्किए पछि काठले बनाएको अस्थायी टहरो र खाली चौरमा बिद्यार्थीलाई पढाउने गरेको बिध्यालय ब्यबस्थापन समिति सदस्य राजेन्द्र बोहराले बताउनु भएकोछ । बोहराले बिद्यालय परिवारको तर्फबाट सहयोगका लागि एनआरएनए बेल्जियमलाई हार्दिक अनुरोध गर्नु भएकोछ ।

बिध्यालय ब्यबस्थापन समितिका सदस्य र प्रधानाध्यापिकाको बिध्यालयको बारेमा जानकारी र सहयोगका लागि अनुरोध ;

Leave A Reply

Your email address will not be published.