स्वतन्त्र प्रबास नेपाली संपर्क मंच बेल्जियमको प्रथम अधिबेशन सम्पन्न,

0

राष्ट्रिय स्वतन्त्र पार्टिको बैदेशिक संगठन स्वतन्त्र प्रबास नेपाली संपर्क मंच बेल्जियमको प्रथम अधिबेशन सम्पन्न भएकोछ ।

२० फेब्रुअरी २०२४ मंगलबारका दिन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग संचालन कार्यबिधि २०८० बमोजिम स्वतन्त्र प्रवास नेपाली सम्पर्क मंच बेल्जियमको अधिबेशन सम्पन्न गर्न ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

प्रकाश कार्की संयोजक र डिल्लीराम भण्डारी एबम माधब सापकोटा सदस्य रहेको समितिले नयाँ कार्यसमितिको चयन गरेकोछ । निर्वाचन समितिका संयोजक प्रकाश कार्कीले निर्वाचन सम्बन्धि जानकारी गराउदै सबै पदमा निर्बिरोध चयन भएको बताउनु भएको थियो ।
निर्वाचन समितिका अनुसार  कृष्ण दाहाल प्रमुख रहेको समितिको उपप्रमुखमा रमेश कंडेल र महासचिबमा डा गोकर्ण पाण्डेलाई चयन गरिएकोछ । कोष नियन्त्रकमा अर्जुन घिमिरे चयन् हुनु भएकोछ ।

नयाँ कार्य समितिको सदस्यहरुमा श्री याम निरौला, सुनिता गुरुङ, घनश्याम काफ्ले, दीपक न्यौपाने, सुन्दर पौडेल, हरि रोका र कृष्ण सगुन क्षेत्री रहनु भएकोछ । संगठनको पहिलो  कार्यसमिती बैठकले सल्लाहकारहरुमा ब्रम्हदत्त वाग्ले, प्रकाश कार्की, डिल्लिराम भण्डारी, अर्जुन दाहाल,माधब सापकोटा,शिव रेग्मी,क्रिष्ण न्यौपाने,मोहन राउत र सिपी भट्टलाई मनोनित गरेकोछ ।

बेल्जियमको अधिबेशनका लागि केन्द्रीय प्रतिनिधि प्रवास नेपाली सम्पर्क बिभागका सचिव श्री पदमराज पन्थी र राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय स्वतन्त्र प्रवास नेपाली सम्पर्क बिभागका सदस्य एबम युरोप प्रभारी तोयाराज अधिकारीको भर्चुयल उपस्थितिमा सम्पन्न खुला र बन्द सत्रमा संगठनका बिबिध पक्षमा छलफल भएको थियो ।

स्वतन्त्र प्रवास नेपाली सम्पर्क मंच बेल्जियम तदर्थ समितिका संयोजक कृष्ण दाहालको सभापतित्वमा भएको कार्यक्रम मा समितिका उप-संयोजक रमेश कंडेलले उपस्थित अतिथी र प्रतिनिधिहरुलाई स्वागत गर्नु भएको थियो ।

केन्द्रीय प्रतिनिधिहरु तथा पत्रकार राजेन्द्र भट्टले शुभकामान मन्तब्य दिनु भएको थियो।

नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई केन्द्रीय प्रतिनिधि तोयाराज अधिकारीले सपथ गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.