भरतपुर महानगर प्रमुख दाहाललाई एनआरएनए बेल्जियमको स्वागत,

0

गैर आबासीय नेपाली संघ बेल्जियमले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई स्वागत तथा सम्मान गरेकोछ ।
बेलायतमा ‘पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डस २०२४’ अन्तर्गत ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न आएकी भरतपुर महानगरपालिकाकी मेयर दाहाल बेल्जियम आएको बेला उनलाई सम्मान गरिएको हो ।

एनआरएनए बेल्जियमले मंगलवार आयोजना गरेको आफ्नो सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले लण्डनका मेयर सदिक खान र आफुले एउटै मंच प्रयोग गरेर अवार्ड लिन पाउदा गर्व लागेको बताइन । बिदेशमा बस्ने नेपालीहरुले भरतपुर महानगरलाई बिभिन्न क्षेत्रमा सहयोग गरेकोमा धन्यबाद ब्यक्त गर्दै एनआरएनए बेल्जियमलाई भरतपुर भ्रमण बर्षको औपचारिक निम्तो पत्र पनि हस्तानतरण गरेकी थिईन्।

दाहालले एक वर्षमा कम्तीमा तीन लाख पर्यटक महानगरका पर्यटकीय क्षेत्रमा घुम्न आउने गरी तयारी भएको बताएकी छिन् । देश आर्थिक रुपमा सवल नभए पनि भ्रमण वर्षको कारण आर्थिक गतिविधि चलायमान गराउन सफल हुने उनको दावी थियो । उनले गैरआवासीय नेपाली संघको विवादको बारेमा छिट्टै टुंग्गोमा पुग्ने विश्वास व्यक्त गरिन् । दाहालले देशको अर्थतन्त्रमा मन्दी आएका कारणले बजार सुस्त रहेको प्रति चिन्ता व्यक्त गरिन् ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले मेयर दाहाललाई सम्मान गर्दै विचार र आस्थाको दृष्टिले मतभेद भए पनि भरतपुर महानगरको विकासमा दाहालको योगदान प्रति कसैले पनि प्रश्न उठाउन नसक्ने बताइन् ।

एनआरएनए बेल्जियम अध्यक्ष सपाकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचलान महासचिब रुबिना शर्मा र स्वागत मन्तब्य सावित्री गिरीले गरेका थिए । कार्यक्रममा एनआरएनए बेल्जियमका पूर्वअध्यक्षहरु लगायत आइसिसी र एनसिसीका पदाधिकारी तथा संघसँस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

एक फरक कार्यक्रममा मेयर दाहाललाई चितवन सहायता कोष क्याट बेल्जियमले पनि सोही दिन स्वागत तथा सम्मान गरेको छ ।

 

 

Leave A Reply

Your email address will not be published.