ॠषि धमला माथि पोर्तुगलबाट हमला, प्रबासी नेपालीहरुको अपमान नगर्न एनआरएनए पोर्तुगलको आग्रह,

0

बिदेशमा बसेका नेपालीहरुले नेपालमा गएर ठुला कुरा गर्ने र देशबासिमा भ्रम छर्ने गरेको कारणले बिदेशका नेपालीहरु प्रति विश्वसनियता गुम्दै गएकोछ ।

हालै बिक्की सुबेदी नामक युबासँग प्राइम टाइम टेलिभिजनका संचालक एबम चर्चित पत्रकार ॠषि धमलाले लिएको अन्तरबार्ता बिबादास्पद बनेकोछ । धमलाले एनआरएनए पोर्तुगलको बरिष्ठ उपाध्यक्ष भनेर परिचय गराएका सुबेदी एनआरएनएको कुनै भूमिकामा कहिल्यै नरहेको एनआरएनए पोर्तुगलले जनाएकोछ ।

एनआरएनए पोर्तुगलले आज एक बिज्ञप्ती प्रकाशित गर्दै सुबेदीले त्यंहाका नेपालीहरु र नेपाली संघ संस्थाहरुको बारेमा झुट्टा कुराहरु गरेको र त्यँहाको वास्तविकता फरक रहेको जनाएकोछ । सुबेदीले नेपाली समुदायको बारेमा नकारात्मक र झुट्टा विवरण दिनुका साथै गलत जानकारी दिएर नेपाली समुदायको अपमान गरेकोले संस्थाले प्रतिबाद गरेकोछ ।

बिज्ञप्तीमा धमलाले कस्तो ब्यक्ती सँग के बारेमा अन्तर्वाता गर्दैछु भनेर हेक्का नराखेकोले उनलाई सचेत गराऊदै सत्य तथ्य र अधिकारिक ब्यक्तिका धारणा मात्र प्रसारण गरिदिन अनुरोध गरिएकोछ ।

पोर्तुगलको नेपाली समुदायमा खासै नदेखिएका सुबेदीले राष्ट्रिय संचारमाध्यममा एक जना चिरपरिचित संचारकर्मिलाई झुक्याएर दिएको अन्तरबार्ताका विवरणमा असहमति जनाउदै त्यसको भ्रत्सना गरिएकोछ ।

सुबेदी नेकपा समाजवादिको भात्री संगठनको पोर्तुगल शाखा काबा अध्यक्ष हुन तर उनले एनआरएनए पोर्तुगलको बरिष्ठ उपाध्यक्ष भनेर धमलालाई झुक्याएको बताइएकोछ ।

* सच्याइएको- सुबेदीलाई यस अघि अन्य पार्टि पदाधिकारि भनिएकोमा सच्याइएको छ,

Leave A Reply

Your email address will not be published.